प्रदेश

पुष्पलालको असल अनुयायी एमालेको विभाजन रोक्नै पर्ने माग



कपिलवस्तु ८ साउन । नेकपा (एमाले)का लुम्बिनी प्रदेश कमिटीका कार्यालय सचिव एवम् संविधान सभा सदस्य बलराम अधिकारीले पार्टीलाई, विधि, पद्धती मार्फत एकिकृत कम्युनिष्ट पार्टी निर्माण पुष्पलालको चाहना भएको बताउनु भयो । ४३ औं पुष्पला स्मृति दिवसको अवसरमा मदन आश्रित स्मृति भवन तौलिहवामा आयोजित समारोहलाई सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।


कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा एमालेका युवा नेता विष्णु पंथीले पुष्पलालबाट कम्युनिष्ट कार्यकर्ताले थुप्रै कुरा सिक्नुपर्ने बताउदै एकिकृत कम्युनिष्ट पार्टीबाट मात्र पुष्पलालका सपना पुरा गर्न सकिने धारणा राख्नु भयो । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदानको चर्चा गर्दै कार्यकर्तालाई अनुशासनपूर्वक पार्टी संगठन विस्तारमा लाग्न आग्रह गर्नु भयो ।


कार्यक्रममा एमालेका नेताहरु शान्तिदेवी चमार, खुमप्रसाद आचार्य, जंजिर प्रसाद चौधरी, टेकराज पौडेल, इन्द्रमणी पौडेल, डम्मर शर्मा लगायतले मन्तब्य राख्नु भएको एमाले नेता बाबुराम आचार्यले बताउनु भयो । एमाले जिल्ला कार्यालय सचिव धर्मराज भुसालको संचालमा सम्पन्न स्मृती सभामा एमालेका जिल्ला नेता, कार्यकताको उपस्थिती रहेको नेकपा जिल्ला प्रचार विभागले जनाएको छ । 


प्रकाशित : ७ श्रावण २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६