प्रदेश

कपिलवस्तुमा अनौठो संयोग : माविको प्र.अ. र क्याम्पसको प्रमुख साटासाट



कपिलवस्तु  १२ साउन । क्याम्पसको प्रमुख भएकाले छाडेर माविको प्र.अ. हुने माविका प्र.अ.ले क्याम्पसको प्रमुख हुन अवसर  पाउने अर्थात एक आपसमा पद साटासाट जस्तो देखिने घटना सायदै कम भेटिएला । तर कपिलवस्तुमा यस्तै अनौठो संयोग जुरेको छ । प्रेसपाटीलाई प्राप्त विवरण अुनसार कपिलवस्तुको गौतमबुद्ध क्याम्पसको प्रमुखमा प्रध्यापक राम प्रसाद अर्याल नियुक्त हुनु भएको छ । पुर्व क्याम्पस प्रमुख शिशिर कुमार अर्याल गौतम बुद्ध मा.वि.को प्रधानाध्यापकमा नियुक्त हुनु भएपछि राजिनामा दिनु भएको थियो ।

क्याम्पस व्यवस्थापन समितीको बैठकवसी प्रध्यापक अर्याललाई प्रमुखपदमा नियुक्त गरेको थियो । विद्यालय ब्यवस्थापन समितिले अर्याललाई प्रअमा नियुक्त गरेको हो  । यसै गरी सहायक क्याम्पस प्रमुखमा प्राध्यापक दिपक प्रसाद भुसाललाई नियुक्त गरेको छ । दुबैलाई आइतवार नियुक्त गरेको पत्र हस्तान्तरण गरिएको थियो ।आइतवार क्याम्पसले एक कार्यक्रमको आयोजना गर्दै क्याम्पस प्रध्यापक, कर्मचारी र विद्यार्थीलाई सम्मान समेत गरेको थियो ।

पुर्व क्याम्पसप्रमुख शिशिर प्रसाद अर्याल, लेखापाल सिता घिमिरे को विदाई गरिएको थियो । त्यसै गरी बि.बि.एस चौथो सेमेस्टरमा जिल्ला प्रथम भएका छात्र विशाल पौडेललाई बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले सम्मानपत्रबाट सम्मानित हुनु भएको थियो । सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले उच्च शिक्षा अध्यापनमा प्रदेशकै नमुना हुनु पर्नेमा जोड दिएका थिए ।

क्याम्पस संचालनमा भएका समस्या समाधानका लागि पालिकाले समेत सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा समाजसेवी विष्णुहरी आचार्य, नेकपा एमाले नेता पिताम्वर खनाल, नेपाली कांग्रेस नेता हिमलाल न्यौपाने, बुद्धभुमी क्याम्पसका अध्यक्ष राजेन्द्र राज आचार्यले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम गौतम वुद्ध क्याम्पसका अध्यक्ष दिनेश वन्जाडेको अध्यक्षता, प्राध्यापक  दुर्गा अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित : ११ श्रावण २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६