अर्थ-वाणिज्य

पूजारी जव भट्टी छिरे तव चोरीयो छिन्नमस्ताको मस्तक



काठमाडौं, २० साउन । पूजारी जव भट्टी छिरे तव प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको मस्तक टाउको आइतबार राति चोरी भयको खूलेकोो छ । जुन ६ दशकपघि गुठीदाता ब्रजनाथ प्याकुरेलले मान्दिरमा चढाएका हुन् । ५ सय ग्राम चाँदीको मस्तकको नाकमा सुनको टीका र नथिया छ । भारतको न्यौर पुगेका पीठाधिश महाकान्त ठाकुरलाई उनका छोरा दीपकले फोनबाट यही महत्वपूर्ण सामान चोरी भएको जानकारी गराए ।

त्यसको खबर पाएर सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, एसपी राजेन्द्रप्रसाद धमला, सशस्त्रका एसपी राजु श्रेष्ठ घटनास्थल पुगे । मस्तक भारत पुर्‍याउन सक्ने आंकलन गर्दै सीमा क्षेत्र सिल गरियो । व्यापक रुपमा प्रहरी परिचालन भए । स्थानीयदेखि जनप्रतिनिधि हुँदै प्रहरी, प्रशासनका अधिकारी तनावमा परे ।

तर, सोमबार बिहान विष्णुपुर गाउँपालिका ५ मझौका २३ वर्षीय राजेशकुमार मण्डलले ठूली आमालाई कोठामा लगेर देवीको मस्तक देखाए । घर परिवारका सदस्य हुँदै गाउँलेबीच हल्ला फैलिएपछि वडाध्यक्ष जीवछ मण्डल राजेशको घर पुगे । वडाध्यक्ष मण्डलले मस्तक भेटिएको खबर गाउँपालिका अध्यक्ष लिलाम्बर यादव र इलाका प्रहरी विष्णुपुरका असई देबेन्द्र यादबलाई दिए । 

प्रकाशित : २० श्रावण २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६