अर्थ-वाणिज्य

राम्रोसँग सरकार सञ्चालन गर्नुहोस् पार्टी मेरो जिम्मा दिनोस् :निधि



काठमाडौ २६ साउन। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई राम्रोसँग सरकार सञ्चालन गर्न आग्रह गरेका छन् ।

उनले आगामी महाधिवेशनमा आफूलाई सभापतिका लागि सघाउन पनि पटक पटकको भेटमा आग्रह गर्दैआएको बताएका छन् । उनले अन्नपूर्ण सँगको भेटमा भने, ‘सभापतिको उम्मेदवारी दिने कुरा मैले पार्टी सभापति सेरबहादुर देउवाजीलाई अनुरोध गरेको छु । सफल सरकार बनाउन सञ्चालनमा ध्यान दिनुहोला ।’

नेता निधिले भने, ‘प्रतिष्प्रधात्मक बाट भयो भने मेरो पक्ष बलियो छ । यदी सहमतिबाट जाने सल्लाह भयो भने त्यो पनि ठीकै छ ।’ उनले महाधिवेशनका बारेमा अनौपचारिक चर्चा भए अनुसार मंसिरमा हुने सम्भावना बढेको बताए ।

‘त्यो भन्दा ढिलो जानु हुँदैन । भदौमा गर्न नसक्नु नै हाम्रा लागि असहज अवस्था निम्तिनु हो ।’ निर्वाचन आयोग र कानुनविद्हरुसँग सल्लाह गरेर कहिलेसम्म गर्न सकिन्छ भन्ने तर्फ पनि कुरा भइराखेको नेता निधिले बताए ।

उनले क्रियाशीलता सदस्यको विवाद कुनै ठूलो कुरा नभएको पनि बताए । ‘त्यो सल्टिन्छ क्रियाशीलताको विवादले महाधिवेशन रोकिँदैन’ उनले भने । निर्वाचन समितिको सल्लाहमा महाधिवेशन कहिले कसरी गर्न सकिन्छ भन्ने कुरामा छलफल भइरहेको बताउँदै नेता निधिले भने,  ‘१४ दिनमा महाधिवेशन भए पनि १४ महिनामा महाधिवेशन भए पनि म सभापतिको दाबेदार हो ।’

महाधिवेशनमा आफूले उठाउने मुद्दाबारे प्रष्ट्याउँदै नेता निधिले, कम्युनिष्टले जितेसँगै लोकतन्त्र, गणतन्त्र र संघीयता प्रतिको विश्वास उडेको बताए । उनले भने, ‘माथिका ३ कुरामा जनताको विश्वास दिलाउनका लागि नेपाली काँग्रेसले जित्नुपर्छ । अब हुने चुनावमा कांग्रेसलाई जिताउनका लागि मेरो नेतृत्व आउनुपर्छ ।’

नेपाली कांग्रसको १४औं महाधिवेशन नजिकिँदै गर्दा अहिलेसम्म ७ जना नेताहरु सभापतिमा दावेदार देखिएका छन् ।

प्रकाशित : २६ श्रावण २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६