अर्थ-वाणिज्य

कपिलवस्तु :कर्मचारीलाई मात्र लागेको संबिधान दिवस



कपिलवस्तु ४असोज ।गृह मन्त्रालयले संबिधान दिवस भब्यरुपमम मनाउनकालागि कर्मचारीलाई अनिवार्य सहभागी हुनु पर्ने निर्देशन दिएको थियो । त्यही भएर आईतवार सदरमुकाम तौलिहवामा दिवसमा मनाउन कर्मचारीहरुको मात्र जमघट देखियो । जिल्लाका सबै सरकारी कार्यालयका कर्मचारी र सुरक्षाकर्मी गरी ५० भन्दा कम सहभागीता थियो । तर त्यही कार्यक्रममा सत्तारुढ दल र प्रतिपक्षी दलका नेता कार्यकर्ता थिएनन । 

कुल उपस्थित मध्ये २ जना मात्र जन प्रतिनिधि थिए  । कपिलवस्तु नगरपालिकाको हलमा सभा राखिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख नारायण खनाल र कपिलवस्तु नगरपालिकाकी उप मेयर लक्ष्मी ग्प्ता मात्र कार्यक्रममा सहभागी थिए । ‘ हामी कर्मचारीलाइृ मात्र संबिधान दिवस लागेका रहेछ ’ कार्यक्रममा सहभागी रहेको एक कर्मचारीले भने ‘ गृह मन्त्रालयले कडा निर्देशन नदिएको भए कर्मचारीहरु पनि कमै आउथे , डरले भए पनि उनीहरु आए ’ । 

समन्वय समितिका प्रमुख खनालले दलका नेता र जनप्रतिनिधिहरुलाइ पत्राचार गरिए पनि कायक्रममा २ जना मात्र जनप्रतिनिधि आएकोममा दुःख ब्यक्त गरे ।  जन प्रतिनिधि र दलका प्रतिनिधिहरुको बेवास्ता र कर्मचारीहरुको मात्र सहभागीताले कार्यक्रम खल्लो देखिएको थियो । प्रमुख खनालले दिवस प्रति नेताहरुले बेवास्ता गरेको देखिएको बताए ।

प्रकाशित : ४ आश्विन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६