कपिलवस्तु ४असोज ।गृह मन्त्रालयले संबिधान दिवस भब्यरुपमम मनाउनकालागि कर्मचारीलाई अनिवार्य सहभागी हुनु पर्ने निर्देशन दिएको थियो । त्यही भएर आईतवार सदरमुकाम तौलिहवामा दिवसमा मनाउन कर्मचारीहरुको मात्र जमघट देखियो । जिल्लाका सबै सरकारी कार्यालयका कर्मचारी र सुरक्षाकर्मी गरी ५० भन्दा कम सहभागीता थियो । तर त्यही कार्यक्रममा सत्तारुढ दल र प्रतिपक्षी दलका नेता कार्यकर्ता थिएनन ।
कुल उपस्थित मध्ये २ जना मात्र जन प्रतिनिधि थिए । कपिलवस्तु नगरपालिकाको हलमा सभा राखिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख नारायण खनाल र कपिलवस्तु नगरपालिकाकी उप मेयर लक्ष्मी ग्प्ता मात्र कार्यक्रममा सहभागी थिए । ‘ हामी कर्मचारीलाइृ मात्र संबिधान दिवस लागेका रहेछ ’ कार्यक्रममा सहभागी रहेको एक कर्मचारीले भने ‘ गृह मन्त्रालयले कडा निर्देशन नदिएको भए कर्मचारीहरु पनि कमै आउथे , डरले भए पनि उनीहरु आए ’ ।
समन्वय समितिका प्रमुख खनालले दलका नेता र जनप्रतिनिधिहरुलाइ पत्राचार गरिए पनि कायक्रममा २ जना मात्र जनप्रतिनिधि आएकोममा दुःख ब्यक्त गरे । जन प्रतिनिधि र दलका प्रतिनिधिहरुको बेवास्ता र कर्मचारीहरुको मात्र सहभागीताले कार्यक्रम खल्लो देखिएको थियो । प्रमुख खनालले दिवस प्रति नेताहरुले बेवास्ता गरेको देखिएको बताए ।
प्रतिक्रिया