जीवनशैली

ललिता निवास प्रकरणमा मैले जे गरे माधव नेपालकै निर्देशनमा गरे : गच्छेदार



काठमाडौ ७ असोज । कांग्रेस नेता तथा पुर्वमन्त्री बिजय गच्छदारले ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनअनुसार आफुले काम गरेको बताएका छन्।मेरो काम विभिन्न तहबाट आएको प्रस्तावलाई मन्त्रिपरिषद्मा लैजाने सम्मको हो तर मलाई राजनितीक पुर्वाग्रहका कारण फसाउन खोजियो उनले भने।

गच्छदारले पत्रकार सम्मेलन आयोजना गरेर आफुले मन्त्रिपरिषद्ले गरेको सामूहिक निर्णयमा राजनीतिक पूर्वाग्रहले आफूलाई मात्र फसाउन खोजिएको बताए। राजनीतिक पूर्वाग्रहकै कारण केही व्यक्तिलाई उन्मुक्ति दिएर मलाई फसाउन खोजीयो उनले भने।प्रधानमन्त्री निवास विस्तार गर्ने योजना म भौतिकमन्त्री हुनु पहिले नै सुरू भएको हो । तत्कालीन प्रम माधवकुमार नेपालको निर्देशन तहगत रूपमा मकहाँ आएपछि कार्यान्वयन गरेको हुँ गच्छदारले भने।

‘सरकारको गुरूयोजना कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन अनुसार उक्त फायल अघि बढेको हो र आफूले टिप्पणी मात्र पेस गरेको हो, त्यो प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो’, उनले भने।मन्त्रिपरिषद्को सामूहिक निर्णयको विषयमा सम्बन्धित मन्त्रीले मन्त्रिपरिषद्मा फाइल लगेकै भरमा मुद्दा चलाइनु गलत हो मलाई मुद्दा लगाएर कसैकसैलाई चोख्याउने काम भएको छ गच्छदारले थपे ।गच्छदारले अख्तियारको असन्तुलित भूमिकाले संविधानको मर्म नै क्षतविक्षत भएको बताउदै ‘लोकतन्त्रवादी नागरिकका रूपमा स्वतन्त्र न्यायालयप्रतिको आफ्नो विश्वास भने रही रहेको बताए।

आफ्नो पचास वर्षे राजनीतिक र सामाजिक जीवन नै ध्वस्त गर्ने कुत्सित उद्देश्यबाट रचिएको षड्यन्त्रको फलस्वरूप अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रयोग भएको छ उनले भने,।मैले न्याय पाउँछु भन्ने लाग्छ । जो सुकै भ्रष्टाचारी भए जो सुकैलाई कारवाही गर्नुपर्छ तर अनुसन्धान र तहकिकात निष्पक्ष र विश्वासिलो हुनुपर्छ ।’ गच्छदारले भने,

प्रकाशित : ७ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६