साहित्य

बाणगंगा बनगाईका पाण्डेको “जीवन प्रवाह” खण्डकाब्य लोकार्पण



बिकास थापा कपिलवस्तु ,असोज ९ ।

बाणगंगा ७ बनगाईका ज्योतिष कृष्ण प्रसाद पाण्डेको जीवन प्रवाह खण्डकाब्य लोकार्पण गरिएको छ । बाणगंगा साहित्यक प्रतिष्ठानको आयोजना र पाण्डेका छोरा ईन्द्रमणी पाण्डेको प्रायोजक ,बाणगंगा माबि लौगाईको सहप्रायोजकमा खण्डकाब्य लोकार्पण तथा रचना बाचन कार्यक्रम सम्पन्न भएको हो । ज्योतिष पाण्डेको जीवन प्रवाह खण्डकाब्य लोकार्पण गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल प्राज्ञ प्रतिष्ठानका प्राज्ञ बरिष्ठ गजलकार बुद रानाले साहित्यले विकृति रोक्नमा सहयोग पुग्ने र साहित्यबाटै सँस्कार, सँस्कृति सिकाउदै समृद्धि हुने बताउनुभयो । 

No description available.राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आफ्नो लेख रचना बिभिन्न पत्रपत्रिकाहरुमा लेख्दै आएको पाण्डेले २०५२ सालदेखी साहित्य क्षेत्रमा कलम चलाउदै आएको बताउनुभयो । यस्तै ज्योतिष पाण्डेको शनिबार लोकापर्ण गरिएको यस खण्डकाब्यमा कसरी बिदेशीनु परेको छ ? के गर्दा बिदेशीनु पर्दैन भन्ने बिषयहरुलाई जोड दिएको बताउनुभयो । स्वादेशमै रोजगारको अवसर सिर्जना गरि स्वादेशमै जिवनयापन गर्नुपर्छ बिदेश जानु हुदैन भन्ने बिषय रचनाको मूख्य भाव रहेको बताउनुभएको छ । साहित्यकारको देश परिवर्तनमा ठूलो भूमिका हुने भन्दै सबै क्षेत्रलाई मोडन सक्ने क्षमता साहित्यकारमा रहेको बताउनुभयो ।

No description available.लोकापर्ण कार्यक्रममा सो खण्डकाब्यको समालोचना गर्दै साहित्यकार ज्ञानराज अर्याल र सूर्यप्रसाद भूषालले खण्डकाब्य मात्रै नभएर सारा नेपालीले पढ्नैपर्ने ज्ञानको भण्डार भएको बताउनुभयो ।

No description available.कार्यक्रममा साहित्यकार ऋषि आजाद ,पशुपति मणि त्रिपाठी ,मोहन ज्ञवाली ,मोदनाथ आश्रित लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

No description available.बाणगंगा साहित्यक प्रतिष्ठानका अध्यक्ष नित्यानन्द पाण्डेको अध्यक्षता ,उपाध्यक्ष देवका भण्डारीको स्वागत मन्तब्यमा भएको कार्यक्रमको सञ्चालन सचिब हुमनाथ पौडेलले गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार संगै साहित्य क्षेत्रमा रची राख्नेहरु राधा पाण्डे ,पुजा गौतम ,कृष्ण प्रसाद भट्राई ,लेखनाथ घिमिरे ,बिशाल पोख्रेल ,दया प्रसाद घिमिरे ,पुनाराम गिरी , सारदा अधिकारी र बिष्णु भण्डारीले आफूले सिर्जना गरेका रचना बाचन गर्नुभएको थियो । 

प्रकाशित : ९ आश्विन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६