प्रदेश

स्थानीय सरकारसंग सार्थक सहकार्यकालागि घरेलु तथा साना उद्योगी संगठीत हुँदै



चन्द्रौटा १६ असोज । नेपाल घरलु तथा साना उधोग महासंघ शिवराज नगरको प्रथम बैठक सम्पन्न भएको छ ।सो अवसरमा साना उधोगी ब्यवसायीहरू संगठित भए मात्र राज्यले उत्पादनमुखी साना उधोगीहरूलाई प्रर्बधनात्मक  कार्यक्रमको माध्येमबाट सहयोग पुर्याउने महासंघ जिल्ला अध्यक्ष फुलकुमारी श्रेष्ठले बताउनु भयो । 

नगरलाई आत्मनिर्भर सबल र सक्षम बनाउन साना उत्पादनमुखी ब्यवासायहरूलाई स्थानिय सरकारले सहयोग गर्नुपर्ने महासंघको जिल्ला बरिष्ट उपाध्यक्ष टोपलाल पोख्रेलले जोड दिनुभयो । शिवराज नगरका सम्पुर्ण साना उधोगी तथा ब्यवासायीहरूले आफ्नो  ब्यवसाय नगरपालिकाको कार्यालयमा सुचिकृत अनिवार्य गर्नुपर्ने बताउनु भयो । 

 नगर भित्र भएका साना उधोग तथा ब्यवसायहरूको लगतको आधारमा प्रभावकारी योजनाहरू निर्माण गर्न मद्धत पुग्ने शिवराज नगरपालिकाको उधोग तथा ब्यवसायी शाखा प्रमुख नारायण पंगेनीले बताउनु भयो । बैठक नेपाल घरलु तथा साना उधोग महासंघ शिवराज नगर समिति अध्यक्ष संजिव गहतराजको अध्यक्षता र कोषाध्यक्ष ऋषिकेशव बि.कको संचालनमा सम्पन्न भएको थियो । 

प्रकाशित : १६ आश्विन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६