अर्थ-वाणिज्य

थारू समुदायको दसैं रौनक : नवमी ‘ठूलो टीको’, दशमी ‘राजा टीको’



दाङ २९ असोज। दशैं ढिपिक्कै आइसक्यो । अवस्थाअनुसार कतै विभिन्न थरिका पेन्ट त कतै थरिथरी रंगका माटोले घरहरु रंगिएका छन। चाचा र मीठो खाना, हुनेले सजिलै त नहुनेले पनि जसोतसो जुटाइसके । शहरदेखि गाउँसम्म दशैंको रौनक छ ।    यस्तै रौनक तुलसीपुर–७ मोतिपुर थारु गाउँमा पनि छ तर यही गाउँका ७२ वर्षीय छोटीलाल थारु दशैंले नछोएको झैं गर्छन् । विगत सम्झदै उनी भन्छन्– ‘त्यो सख्या नाच, नवमीमा लगाउने सेतो टीको, मकैका जमरा ! त्यो संस्कार कहाँ छ र, आजभोलि ? हाम्रो जमानाको जस्तो दशैं हुनै छोड्यो ।’ परिवर्तन हुँदै गएको संस्कारका कारण पछिल्लो समयका चाडपर्वमा खासै उत्साह जाग्न छोडेको उनी बताउँछन् ।थारु समुदायमा अष्टमीको दिन बेलुका घरघरमा ढिक्र्री पुज्ने, मकैका जमरा र बेबरा चढाउने काम हुन्छ । नवमीको दिन बिहान जो गुर्वा हुन्छ उसले पनि पूजा गर्नुपर्छ ।       गुर्वाले शरीरको ठाउँ–ठाउँमा चिरेर रगत निकाल्छ र त्यही रगतले चामल मुछेर धुप र त्यो अक्षता देवताको थानमा चढाउनुपर्छ । गुर्वा नभएकोले भालेको डाकोसँगै (भेर्वा) कुपिण्डोको बली दिने चलन रहेको छोटीलाल बताउँछन्।  उनी भन्छन्– ‘कुसुम्याले आफ्नो कुलअनुसार कुखुराको बली दिन्छन् र (पित्तर) पितृलाई पिण्ड दिन काम गर्छन भने दहितहरुले कुखुराको बली दिने ठाउँमा अण्डा गाड्ने चलन पनि छ । हाम्रो संस्कारमा धेरै काम नवमीको दिन नै हुन्छ ।               दशैंमा हाम्रो मुख्य पर्व नै नवमी हो ।’ यी सबै काम सकिएपछि सबै पितृ सेलाउन जाने काम महिलाको हुन्छ । गाउँभरिका महिलाहरु जम्मा भएर पितृ सेलाउन नजिकैको खोलामा जान्छन् । महिलाहरु पितृ सेलाउन गएसँगै पुरुषहरु टीका चढाउन भुयाँर थान जाने चलन छ । त्यहाँबाट फर्किएसँगै थारु समुदायमा दशैं शुरु हुने गर्छ ।आज नवमी, थारु समुदायको दशैं ।   गाउँको मतहवाका हातबाट सेतो टीका लगाउने दिन । जसलाई उनीहरु ठूलो टीका वा गाउँले टीका भन्छन् । तुलसीपुर–७ मोतिपुर थारु गाउँका मतौ, गाउँका बुद्धिजीवी, युवा, वयस्क र बृद्ध बिहान करिब १० बजे गाउँको पुच्छारमा बनाइएको भूयाँर जम्मा भए । गाउँका मतौ गुरीलाल चौधरीले विधिअनुसार देवताको पूजा गरे । सेतो टीका, बेवरा (बाबरी) र मकैका जमरा चढाए अनि रक्सी ढल्काए ।

प्रकाशित : २९ आश्विन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६