प्रदेश

हुम्लामा माटोको ढिस्को खसेर घर भत्किँदा एकै परिवारका ६ जनाको मृत्यु ।



हुम्ला, ३ कार्तिक । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ को खर्पेल गाउँमा लगातारको वर्षासँगै माटोको ढिस्को खसेर घर भत्किँदा एकै परिवारका ६ जना मृत्यु भएको छ।प्रहरीका अनुसार मंगलबार राति ९ बजेतिर घरमाथिबाट माटोको ढिस्को खस्दा धनवीर शाहीसहित उनको परिवारका ६ जनाको मृत्यु भएको हो।

हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माका अनुसार सञ्चार सेवा अवरुद्ध रहेकाले घटनाबारे बुधबार बिहानमात्रै जानकारी आएको हो।अहिले सेना तथा प्रहरीसहितको टोली उद्धार तथा खोजीका लागि घटनास्थलतर्फ गएको उनले जानकारी दिए। सदरमुकाम सिमकोटबाट खर्पेल गाउँ पुग्न तीन घण्टा पैदल हिँड्नु पर्छ। घटनाबारे विस्तृत विवरण टोली त्यहाँ पुगेपछि थाहा हुने उनले बताए।

प्रकाशित : ३ कार्तिक २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६