देश

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार



भक्तपुर, १८ भदौः

यही भदौ ९ गते घरबाट कैलाश मानसरोवर यात्राका लागि निस्किएर भदौ १० गते रसुवा भोटेकोशीको बाढीमा बेपत्ता हुनु भएका चाँगुनारायण–९ ताथली निवासी ५२ वर्षीय पत्रकार शेखर ढुङ्गाना र उहाँकी ४६ वर्षीया पत्नी निर्मला ढुङ्गानाको अन्त्यष्टि गरिएको छ । नेपाल पत्रकार महासङ्घ भक्तपुरका सदस्य एवं नेपाल प्रेस युनियनका सदस्य ढुङ्गाना दम्पती कैलाश मानसरोवर यात्राका क्रममा यही भदौ १० गते आफ्ना सासुससुरासमेत १७ सदस्यीय टोली रसुवाको टिमुरेस्थित अध्यागमन कार्यालयमा बिहान ८ः१६ बजे नाम दर्ता गरी चीन प्रवेश गर्ने तयारीमा रहेकै बेलामा आएको विनाशकारी बाढीको चपेटामा परी बेपत्ता हुनुभएको थियो । बेपत्ता भएलगत्तै मानसरोवार यात्रामा लैजाने ट्राभल्सलगायत विभिन्न निकायबाट खोजी कार्य हुँदा पनि नभेटिएपछि परिवारले ढुङ्गाना दम्पतीको कुशको शव बनाएर हिन्दू परम्पराअनुसार दाहसंस्कार सम्पन्न गरेको हो । पत्रकार ढुङ्गानाको आमा र दुई छोरा छन् ।

प्रकाशित : १८ भाद्र २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६