प्रदेश

नौ दिनपछि भारतमा भेटियो सप्तरीमा बाढीमा बगेका युवकको शव



सप्तरी, ११ कार्तिक । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ बैरियाघाटमा बाढीले कटान गरेको सडक तर्ने क्रममा बेपत्ता भएका युवकको शव फेला परेको छ । वर्षासँगै जिता खोलामा आएको बाढीले दशजग्गा क्षेत्रमा रहेको सडक कटान भएको थियो । गएको कात्तिक ३ गते सडक तर्ने क्रममा त्यही नगरपालिका ९ का २३ वर्षीय लालु भन्ने जितेन्द्र मण्डल बेपत्ता भएका थिए ।

आज बिहीवार ती युवकको शव भारतको कुनौलीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डीएसपी एवम् प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । 

‘युवक बेपत्ता भएसँगै हामीले खोजी गरिरहेका थियौँ । युवक बगेर भारततर्फ पुगेको हुन सक्ने शङ्कामा हामीले भारततर्फका सुरक्षाकर्मीलाई पनि खोजीका लागि आग्रह गरेका थियौँ’, उहाँले भन्नुभयो, ‘आज उनको शव कुनौलीमा फेला परेको हो ।’ अब शव नेपाल ल्याउन समन्वय भइरहेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिनुभयो । 

प्रकाशित : ११ कार्तिक २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६