प्रदेश

नेपाली काँग्रेसले १३ जिल्लाका लागि तोक्यो निर्वाचन अधिकृत ।



कार्तिक, २२ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन हुन बाँकी १३ जिल्लामा निर्वाचन अधिकृत तोकिएका छन् । २ नम्बर प्रदेशका ८ जिल्लासहित कैलाली, डोल्पा, बाँके, सुर्खेत र रसुवामा काँग्रेसको वडा अधिवेशन हुन बाँकी छ ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिले कैलालीमा यसअघि नै टेकप्रसाद सुवेदीलाई मतदान अधिकृत तोकिसकेको थियो । बाँकेमा रेवतीरमण भट्टराई, सुर्खेतमा मदन रेग्मी, रसुवामा सुमन कुमार केसी र डोल्पामा कुमारराज श्रेष्ठलाई निर्वाचन अधिकृत तोकिएको निर्वाचन समितिले जनाइएको छ ।

यस्तै सप्तरीमा डा.रुद्र शर्मा, सिराहामा सन्जीव लामा, धनुषामा अरुण ज्ञवाली, महोत्तरीमा ईन्द्र अधिकारी, सर्लाहीमा विनोद कार्की, रौतहटमा दीपकराज गिरी, पर्सामा नरेन्द्र केसी र बारामा ज्ञानेन्द्रपसाद अधिकारीलाई निर्वाचन अधिकृत बनाएर पठाइएको छ । निर्वाचन अधिकृतहरु कात्तिक २२ गते तोकिएको जिल्लामा जापुग्ने निर्वाचन समितिले जनाइएको छ ।

निर्वाचन समितिले वडा अधिवेशन हुन बाँकी जिल्लामा कात्तिक २७ गतेका लागि मिति तोकेको छ । २१ हिमाली जिल्लामध्ये १३ जिल्लामा काँग्रेसको जिल्ला अधिवेशन भइसकेको छ भने ६४ जिल्लामा पालिका अधिवेशन पनि सकिएको छ ।

प्रकाशित : २२ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६