प्रदेश

सञ्चारिका अध्यक्षमा पुनः निरु,संचार बिद्ययेक पुनर ब्यवस्थित पार्छाै : मन्त्री शर्मा



बुटवल १४ मंसिर । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा संचार मन्त्री तिलकराम शर्माले लुम्बिनी प्रदेशको संचार विधेयक संचारमैत्री बन्ने बताउनुभएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको संचार विधेयक संचारमैत्री नभएको भन्दै फिर्ताका लागि विभिन्न क्षेत्रबाट विरोध भइरहेको बेला मन्त्री शर्माले भने संचार विधेयक संचारमैत्री बन्ने बताउँदै प्रतिवद्धता समेत गर्नुभएको छ ।
मंगलबार सञ्चारिका समूह नेपाल, रुपन्देहीको ११ औँ साधारणसभा तथा अधिवेशन कार्यक्रममा बोल्दै मन्त्री शर्माले सञ्चार विधेयकमा समावेश हुनुपर्ने सबै विषयहरु समेटेर विधेयकलाई संचारमैत्री बन्ने बताउनुभयो । पत्रकारहरुका भावनाहरु, विचारहरु, सुझावहरु, सल्लाहहरुलाई समेटेर सञ्चार जगतलाई व्यवस्थित र प्रभावकारी बनाउने गरी सञ्चार विधेयक बनाइने बताउनुभएको छ ।


सो अवसरमा बोल्दै नेपाल पत्रकारमहासंघ लुम्बनीका महासचिव बिक्रम खड्काले प्रदेश सभामा प्रस्तुत विधेयक फिर्ता हुनु पर्ने बताउनुभयो । प्रेस स्वतन्त्रतालाई नै कुण्ठित गर्ने गरि ल्याइएको विधेयकले पत्रकारहरु समाचार लेखेकै भरमा जेल जानू पर्ने उल्लेख गरिएको भन्दै गुनासो गर्नुभएको छ । यता सञ्चारिका समूह रुपन्देहीको अध्यक्षमा पुनः निरु गौतम (निरा)चयन भएकी छन् । तिलोत्तमामा मँगलबार सम्पन्न समूहको छैटौंं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले गौतमलाई आगामी ३ वर्षे कार्यकालका लागि अध्यक्ष बनाएको हो । समूहको उपाध्यक्षमा मिना भट्टराई, महासचिवमा मिना पाण्डे (अस्मिना), सचिवमा पुजा पन्थी तथा कोषाध्यक्षमा कल्पना डुम्रे सर्बसहमतिमा चयन भएका छन् । कार्यसमितिको सदस्यहरुमा सुशीला पोखरेल, प्रतिमा गौतम, मनु गुरुङ, तिर्सना सेञ्चुरी, सारदा शाही, विष्णु खत्री र सुमित्रा चापागाईं रहेका छन्।
थप एक जना सदस्य समूहको पहिलो बैठकले मनोनित गर्ने सचिव पन्थीले जानकारी गराइन् । नवनिर्वाचिन समितिलाई सञ्चारिका समूह लुम्बिनीकी अध्यक्ष तथा निर्वाचन समिति संयोजक पार्वती पाण्डेले पद तथा गोपनियताको सपथ खुलाएकी छन् । सो अवसरमा शुभकामना व्यक्त गर्दै पाण्डेले सञ्चारिकाको नामलाई थप उचो बनाउने गरी काम गर्न निर्वाचिन समितिहरुलाई आग्रह गरिन् । अध्यक्ष भएपछि प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष गौतमले सञ्चारिकका समूहका लागि कम्तिमा ५ लाख बराबरको अक्षकोष स्थापना गर्ने तथा सञ्चारिकाहरुका लागि लेखनवृत्ति सञ्चालन गर्ने बताइन् ।

प्रकाशित : १५ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६