अर्थ-वाणिज्य

कांग्रेस सहमहामन्त्रीमा को को निर्वाचित हुनुभयो ?



काठमाडौं २ पुस । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज बिहीवार तीन वटा क्लस्टरतर्फको सहमहामन्त्री पदको मतगणना सकिएको छ ।कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार महिला सहमहामन्त्री एक पदका लागि महालक्ष्मी उपाध्याय डिना निर्वाचित हुनुभएको छ ।

सभापति शेरबहादुर देउवाको प्यानलकी उम्मेदवार उपाध्यायले २ हजार ५ सय ३३ मत पाउनुभएको हो । उपाध्यायले शेखर कोइरालाको प्यानलकी उम्मेदवार कमला पन्त २ हजार १ सय ५ मत लाई हराउनुभएको हो ।यस्तै सहमहामन्त्री आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे निर्वाचित हुनुभएको छ । सभापति देउवाको प्यानलका उम्मेदवार आङ्दाम्बेले २ हजार ७ सय ११ मत पाउनुभएको हो । आङ्दाम्बेले डा. कोइरालाको प्यानलका उम्मेदवार विकास लामा १ हजार ९ सय १३ मत लाई हराउनुभएको हो ।

यस्तै सहमहामन्त्री दलिततर्फ कोइराला प्यानलका जीवन परियार २ हजार २ सय १२ मत ल्याएर निर्वाचित हुनुभएको छ । परियारले देउवा प्यानलका मानबहादुर विश्वकर्मा २ हजार १ सय ७५ मत लाई हराउनुभएको हो ।कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ । त्यसमध्ये आज महिला, दलित, आदिवासी जनजाति क्लस्टरको मतगणना भएको हो । बाँकी मुस्लिम, मधेशी, पिछडिएको क्षेत्र, थारु, खसरआर्यको भोलि शुक्रवार मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित : २ पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६