अर्थ-वाणिज्य

औषध (ब्राउनसुगर) बिक्री वितरण खरिद गरिरहेको अवस्थामा २ जना पक्राउ



तुलसीपुर
२ पुस ।  ईलाका प्रहरी कार्यालय तुलसीपुरले ५७० मिलिग्राम लागू औषध (ब्राउनसुगर) बिक्री वितरण खरिद गरिरहेको अवस्थामा २ जनालाई पक्राउ गरेको छ ।

तुलसीपुरको विभिन्न स्थानमा लागू औषध विक्रि वितरण, ओसार पसारमा युवा फसेको र तुलसीपुरमा चोरीको घटना पनि बढेको भन्दै ईप्रका तुलसीपुरबाट खटिएको प्रहरीको बिशेष टोलीले उनीहरुलाई तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ टिक्रापातु बाट शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तुलसीपुर वडा नम्बर ५ बस्ने बर्ष २६ को नवराज बुढाथोकी र सल्यान बागचौर न.पा ४ घर भई हाल तुलसीपुर ७ बस्ने बर्ष २८ को डम्बर बहादुर पुन मगर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए । पक्राउ परेका व्यक्तिहरुको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

तुलसीपुर प्रहरीले लागुऔसधको कारोबारी र सेवनकर्तालाई धमाधम पक्राउ गर्दै आईरहेको छ ।गएको मंसिर २९ गते ईलाका प्रहरी कार्यालय तुलसीपुरले २ ग्राम ९६० मिलीग्राम लागु औषध (ब्राउन सुगर) सहित १० जनालाई पक्राउ गरेको थियो ।

प्रकाशित : २ पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६