अर्थ-वाणिज्य

थुनुवा कैदीहरुलाई पौष्टीक आहार वितरण




दाङ ३-पुस/ कारागार कार्यालय तुलसीपुरका थुनुवा कैदीहरुलाई पौष्टीक आहार वितरण गरिएको छ । कारागार ब्यबस्थाबि भागले विनियोजना गरेको रकमबाट दीर्घ रोगी, थुनुवा कैदीहरुलाई दुई महिना पुग्ने गरि भिटामीन, ओखती, च्यावन परास र २ क्यारेट अण्डा वितरण गरिएको कारागार शाखामा कार्यरत स्वास्थ्यकर्मी द्रोण वलीले जानकारी दिए । स्वास्थ्य समस्याका कारण कमजोर स्वास्थ्य अबस्था भएका १७ जनालाई अन्डा, टनीक र च्यावन परास वितरण गरिएको जेलर अमर बहादुर वलीले जानकारी दिए ।

गत वर्ष यसकिसिमको कार्यक्रमन भएकाले कैदीहरुले पौष्टीक आहार पाउने गरेका थिएनन् । यस पटक पौष्टिक आहार पाएपछि थुनुवा कैदीहरु खुसी भएका छन् । हाम्रो स्वास्थ्य अबस्थालाई ध्यानमा राखि कारागार शाखाले पौष्टिक आहार तथा ओखती वितरण गरेको छ, दिर्घरोगीथुनुवा कैदी गोरख बहादुर खड्काले बताए । स्वास्थ्य अबस्था कम्जोर देखिने खड्काले तुलसीपुर स्थीत कारगारमा आएको १ वर्ष पुरा भएको बताए । अर्का कैदी पुरुषोत्तम भण्डारीले पनि खुसी ब्यक्त गरे । ३ वर्षदेखि कैद भूक्तानी गरिरहेका भण्डारीले ओखती, भिटामीन र अण्डा पाउँदा खुसी लागेको बताए । कैदीबन्दीको स्वास्थ्य अबस्थाका बारेमा कारागार ब्यबस्था विभाग र कारागार शाखा जहिले पनि गम्भीर हुने गरेको स्वास्थ्यकर्मी द्रोण वलीले बताए ।

कारागार शाखा तुलसीपुरमा महिला पुरुष गरि झण्डै ५ सय २५ जनामध्ये ८० वर्षसम्म उमेरका २० जना थुनुवा कैदी छन् । यस्तै,तुलसीपुरका सामाजिक अभियान्ता टोपबहादुर महतरा र गिता महताराले थुुनुवा कैदी २० जनालाई न्यानो कपडा वितरण गरेका छन् । महतरा दम्पत्तीले जेष्ठ नगारिक थुुनुवा कैदीहरुलाई कारगारा कार्यालय तुलसीपुरमा सुईटर र टोपी वितरण गरेका हुन् । अटोभिलेजमा गाडीको बडि बनाउने पेशामा रहेका टोपबहादुर महतराले आफ्नो कमाईबाट बचेको रकमले कैदीबन्दीहरुलाई सुईटर र टोपी वितरण गरेका हुन् । थुनुुवा कैदीहरु मध्ये जेष्ठ नागरिकहरुलाई छनौट गरि सुईटर वितरण गरेको उनले बताए ।

कारगार कार्यालय तुलसीपुरका जेलर अमरबहादुर वलीले कारागार अव सुधार गृहको रुपमा बिकास भइरहेको बताए । कारगारमा सीप सिकाउने काम पनि भईरहेको बताए । कार्यक्रममा मानव अधिकार तथाशान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति एवं पत्रकार सुशील बस्नेतले थुनुवा कैदीलाई सीप युक्तबनाउन सके दक्ष जनशक्ति उत्पादन हुने बताए । ७९ बर्षिय कविराजबिश्वकर्मा,७५ बर्षिय कामील हुसेन र ७१ बर्षिय यमबहादुर क्षेत्रीले न्यानो कपडाको आबश्यकता भईरहेको अबस्थामा महतरा दम्पतीले उपलब्ध गराएकोमा खुसी ब्यक्त गरे । महतरा दम्पत्तीले बिभिन्न अबसरमा पटक पटकआर्थिक, लत्ताकपडा, खाद्यन्न, तालिम लगायतको सहयोग गर्दै आएका छन् ।

प्रकाशित : ३ पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६