अर्थ-वाणिज्य

कोरियामा ११ दिनसम्म हाँस्न तथा खुसीयाली मनाउन किन प्रतिबन्ध लगाइयो त ?



कोरिया ३ पुस ।उत्तर कोरियामा ११ दिनसम्म हाँस्न तथा अरू कुनै प्रकारका खुसीयाली मनाउन प्रतिबन्ध लगाइएको छ । उत्तर कोरियाली पूर्व नेता किम जोङ्ग इलको १० औँ पुण्यतिथिमा शोक मनाउनका लागि ११ दिने प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।राष्ट्रपति कार्यालयको प्रशासनले निकालेको आदेशमा किम जोङ्ग इलको शोक मनाउनका लागि ११ दिनसम्म कसैले पनि हाँस्न नपाउने, जाँड–रक्सी खान नपाउने उल्लेख छ । यस्तै जन्म दिन मनाउने तथा कुनै प्रकारको खुसी मनाउन पूर्ण रूपमा रोक लगाइएको छ ।

निगरानीका लागि सुरक्षाकर्मी खटाएको भन्दै आदेश उल्लङ्घन भएमा कडा कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।यसपालि पूर्व नेता किम जोङ्ग इलको १० औँ पुण्यतिथि परेकोले ११ दिनसम्म शोक मनाउन लागिएको हो । सामान्यतया प्रत्येक वर्ष १० दिने शोक अवधि मनाइन्छ ।१७ वर्ष उत्तर कोरियामा शासन गर्नुभएका किम जोङ्ग इलको निधन सन् २०११ को डिसेम्बर १७ मा भएको थियो । त्यसपछि उत्तर कोरियामा किम जोङ्ग इलका छोरा किम जोङ्ग उनले शासन गरिरहनुभएको छ ।

प्रकाशित : ३ पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६