प्रदेश

वैदेशिक रोजगारीको क्षेत्रमा हुने ठगी नियन्त्रण गर्न ‘र्‍यापिड रेस्पोन्स टीम’ गठन



काठमाण्डौ, ३ पुष – सरकारले वैदेशिक रोजगारको क्षेत्रमा हुनसक्ने ठगी नियन्त्रण गर्न शीघ्र प्रत्युत्तर टोली र्‍यापिड रेस्पोन्स टीमु गठन गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशकको प्रत्यक्ष अनुगमनमा रहने गरी तथा सम्बन्धित अन्तर्निकायको प्रतिनिधित्व हुने गरी शीघ्र प्रत्युत्तर टोली गठन गरिएको हो ।

वैदेशिक रोजगार विभागका निर्देशकको संयोजकत्वमा गठन गरिएको यस टीममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्ड सचिवालय, नेपाल प्रहरीका प्रतिनिधि सदस्य रहनुभएको छ भने वैदेशिक रोजगार विभागका अनुसन्धान अधिकृत सदस्य सचिव रहनुभएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार सम्बन्धी आउने गुनासोलाई तत्काल निराकरण गर्न, राहत, उद्धार तथा क्षतिपूर्तिको सिफारिस गर्न तथा अन्तर निकाय समन्वयका लागि शीघ्र प्रत्युत्तर टोली गठन गरिएको बताउनुभयो । शीघ्र प्रत्युत्तर टोलीले वैदेशिक रोजगार व्यवस्थापनमा कुनै सेवा प्रदायक निकाय, संघ(संस्था तथा व्यक्तिले वदनियतपूर्वक काम गरिरहेको वा गर्न लागेको कुनै सूचना प्राप्त भएमा छानबिन गर्न, आवश्यक निर्देशन दिन तथा थप अनुसन्धानका लागि सिफारिस गर्नेछ ।

वैदेशिक रोजगार सम्बन्धी कामलाई व्यवस्थित तथा मर्यादित बनाउने तथा कानुनको प्रभावकारी कार्यन्वयन गराउन र यस क्षेत्रमा आउने गुनासोको तत्काल सम्वोधन गर्न शीघ्र प्रत्युत्तर टोलीले काम गर्नेछ । वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित, सुरक्षित बनाउने क्रममा यस क्षेत्रको व्यवस्थापनमा सुधार गरी सुशासनको अभिवृद्धि गर्न शीघ्र प्रत्युत्तर टोली गठन गरिएको मन्त्री श्रेष्ठको भनाइ छ ।

प्रकाशित : ३ पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६