प्रदेश

६७ देशबाट नेपाल आउने यात्रुले ७ दिन होटल क्वरेण्टीन बस्नुपर्ने नियम तत्कालका लागि स्थगित



काठमाण्डौ, ३ पुष । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएका ६७ देशबाट आउने यात्रुले सात दिन होटल करेण्टीनमा बस्नुपर्ने नियम तत्कालका लागि स्थगित भएको छ ।

अध्यागमन विभागले आज सूचना निकालेर सात दिन आफ्नै खर्चमा होटल करेण्टीनमा बस्नुपर्ने नियम तत्कालका लागि स्थगित गरिएको जनाएको छ । विभागका अनुसार अर्को सूचना नआएसम्मका लागि आफ्नै खर्चमा होटल करेण्टीनमा बस्नुपर्ने नियम लागू हुनेछैन । तर कोरोना सम्बन्धी मापदण्ड र यात्राबारे यस अघिका नियम भने यथावत रहेको विभागले जनाएको छ ।

यसअघि विभागले ६७ देशबाट आउने यात्रुलाई एक हप्ता होटल करेण्टीनमा बस्नु पर्ने नियम लागू गरेको थियो । होटल करेण्टीनमा बस्दा लाग्ने सबै खर्च यात्रुले नै बेहोर्नुपर्ने उल्लेख गरिएको थियो । साथै होटल करेण्टीनमा बसेपछि पीसीआर परीक्षण गर्नुपर्ने र रिपोर्ट नेभेटिभ आएपछि पनि एक हप्ता आफ्नै घरमा सुरक्षित रुपमा बस्नुपर्ने भनिएको थियो ।

पीसीआर पोजेटिभ देखिए तोकिएका आइसोलेशन केन्द्र वा अस्पताल पठाइने विभागले जनाएको थियो।

प्रकाशित : ३ पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६