ब्रेकिंग न्युज

एक वर्ष नपुग्दै बनगाइ–मोतिपुर–कपिलधाम सडक कालोपत्रे हुँदै



वाणगंगा, कपिलवस्तु भदौं १९

वाणगंगा नगरपालिका–७ अन्तर्गतको चर्चित पुरानो बनगाइ–डोहोटे सडकखण्ड अन्तर्गत बनगाइ–मोतिपुर–कपिलधाम सडकको कालोपत्रे निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। पूर्व–पश्चिम राजमार्गको बनगाइदेखि मोतिपुर हुँदै कपिलधामसम्मको सडक स्तरोन्नति भएपछि स्थानीयवासी तथा यस क्षेत्रका धार्मिक पर्यटकीय स्थलमा पुग्ने यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ।


बुटवल स्थित एन.भी. इन्द्रेणी जेभीले निर्माणको जिम्मा पाएको उक्त सडक खण्डको लम्बाइ करिब २ हजार ३ सय मिटर रहेको निर्माण कम्पनीका सञ्चालक नारायण भुसालले जानकारी दिनुभयो। सडक कोइली खोला ‘ख’ अन्तर्गतको दोस्रो मोटरेबल पुलसम्म विस्तार गरिएको छ।
निर्माणका लागि दुई वर्षको समयावधि तोकिए पनि निर्माण कम्पनीले निर्धारित समयभन्दा अगावै काम सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिएको सञ्चालक भुसालले बताउनु भयो। उहाँका अनुसार एक आर्थिक वर्ष पूरा हुन नपाउँदै सडक निर्माण सम्पन्न हुने चरणमा पुगेको छ।
समयमै र गुणस्तरीय रूपमा सडक निर्माण सम्पन्न गर्ने प्रयासले स्थानीय पूर्वाधार विकासमा निर्माण कम्पनीको कार्यक्षमता देखाएको छ। सडक कालोपत्रे भएपछि आवत जावत सहज हुनुका साथै कपिलधाम लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रसम्मको पहुँच थप सहज हुने अपेक्षा गरिएको छ।
यसअघि पनि एन.भी. इन्द्रेणी जेभीले कोइली खोला ‘ख’को मोटरेबल पुल निर्माणको जिम्मेवारी पाएको थियो। दुई वर्षको निर्माण अवधि तोकिएको उक्त पुल नौ महिनामै सम्पन्न गरेको कम्पनीको दाबी छ। तीव्र निर्माण गति र गुणस्तरीय कामलाई प्राथमिकता दिँदै आएको कम्पनीका सञ्चालक भुसालले बताउनुभयो।
स्थानीय सडक तथा पुल जस्ता पूर्वाधार समयमै सम्पन्न हुँदा नागरिकले प्रत्यक्ष लाभ पाउने भएकाले निर्माण कार्यमा समय पालना, गुणस्तर र सार्वजनिक उत्तरदायित्वलाई समान रूपमा प्राथमिकता दिनुपर्ने आवश्यकता यस आयोजनाले पनि देखाएको छ।

प्रकाशित : १९ भाद्र २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६