ब्रेकिंग न्युज

बलात्कार आरोपमा काँग्रेस उपसभापति घिमिरे पक्राउ




बुटवल, ४ पुष । नेपाली काँग्रेसका सिद्धार्थनगर उपसभापति एवम् वडा नम्बर ७ का वडा सदस्य किरण घिमिरेलाई प्रहरीले बलात्कार आरोपमा नियन्त्रणमा लिएको छ ।प्रहरीले बिहीबार राति घिमिरेलाई सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ मा रहेको उनकै घरबाट पक्राउ गरेको थियो । यस विषयमा रुपन्देही प्रहरी प्रवक्तालाई जानकारी लिन खोज्दा उनले नियन्त्रणमा लिएको पुष्टि गरेपनि के आरोपमा नियन्त्रणमा लिएको हो सो विषयमा बताउन चाहेनन् ।

अहिले अनुसन्धानकै क्रममा रहेको हुँदा थप कुरा पछि मात्र बताउन मिल्ने रुपन्देही प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताए ।स्रोतका अनुसार गृहमन्त्री बालकृष्ण खाँणका नजिकका व्यक्ति भएका कारण प्रहरीले समेत विषय लुकाउन खोजेको आरोप छ । घिमिरेलाई जबर्जस्ति करणीको आरोपमा बिहीबार पक्राउ गरिएको स्रोतको दाबी छ ।

प्रकाशित : ४ पुस २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६