प्रदेश

एमसीसी सेनासँग वा सार्वभौमसत्तासँग जोडिने कुरा नहोस्ः अध्यक्ष नेपाल



काठमाण्डौ, ०५ पुष । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्ने बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठन नेपालले आज सोमवार काठमाण्डौमा आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्ने बताउनुभएको हो । उहाँले एमसीसीको बारेमा सत्तारुढ पाँच दलबीच छलफल गरेर साझा निस्कर्ष निकाल्ने पनि बताउनुभयो ।

अध्यक्ष नेपालले सेनासँग वा नेपालको सार्वभौमसत्तासँग एमसीसी जोडिन नहुने बताउनुभयो । उहाँले आफूले एमसीसीको अन्तरवस्तुका बारेमा छलफल गरिरहेको र त्रुटिरकमजोरी छन् भने सच्याएर मात्रै अघि बढ्ने बताउनुभयो । अध्यक्ष नेपालले छिमेकी देशहरूमाथि कुनै किसिमबाट असर नपर्ने गरी एमसीसी अघि बढाइने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एमसीसीको सवालमा पनि हामी छलफल चलाइरहेका छौँ । कसरी, त्यसको अन्तरवस्तु के छ रु कतै कमजोरी छन् भने, सच्याउनुपर्ने कुरा छ भने, प्रतिबद्धता दिनुपर्ने कुरा छ भने ती के–के हुन् भन्नेबारेमा पनि हामी छलफल गरिरहेका छौँ । तीन जनाको कमिटी बनाइएको छ । त्यो कमिटीले पनि अध्ययन गरेर आफ्नो निष्कर्ष अघि सार्नेछ । हामी जनभावनालाई पनि हेरिरहेका छौँ । नेपाललाई कुनै पनि किसिमको सैन्य गठबन्धनमा समावेश गर्ने कुरालाई हामी स्वीकार्न सक्दैनौँ । अहिले एमसीसीसँग जोडिएकाहरूले यो गठबन्धनको अङ्ग होइन भनेर हामीलाई प्रष्ट पार्ने कोसिस गरिरहेका छन् । यसलाई हामीले राम्रो वातावरणमा, सहज वातावरणमा अघि बढाउन चाहन्छौँ । यो विशुद्ध आर्थिक सहयोगको विषय बनोस् । सेनासँग वा अन्य कुनै पनि कुरासँग, नेपालको सार्वभौमसत्तासँग जोडिने कुरा नहोस् । छिमेकीहरूमाथि कुनै किसिमबाट असर पर्ने कुरा नहोस् । पाँच दलको बीचमा छलफल गरेर साझा निष्कर्ष निकालेर, देशको हितको रक्षा गर्ने कुरालाई सुनिश्चित गरेर नै अघि बढ्नेछौँ ।’

प्रकाशित : ५ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६