प्रदेश

वर्तमान गठबन्धनको सरकारले देश र संविधानको रक्षा गरेको छः मन्त्री कार्की



काठमाण्डौ, ०५ पुष । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान गठबन्धनको सरकारले देशको संविधानको रक्षा गरेको बताउनुभएको छ ।

आज सोमवार नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालले अघिल्लो वर्ष प्रतिनिधि सभा विघटन भएको पुस ५ गतेको दिनलाई कालो दिनु को रूपमा स्मरण गर्दै आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री कार्कीले वर्तमान गठबन्धनको सरकारले संविधानको रक्षा गरेको बताउनुभएको हो ।

राज्य संयन्त्रलाई कब्जा गरेर अधिनायकवाद ल्याउने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयत्नलाई विफल पार्दै देशको संविधान र राजनीतिक प्रणालीको रक्षा गरेको उहाँले बताउनुभयो । वर्तमान सरकार विधिको शासन, दिगो सुशासन, लोकतान्त्रिक अधिकार र अर्थिक विकासको बाटोमा अघि बढेको उहाँले बताउनुभयो ।

मन्त्री कार्कीले भन्नुभयो, ‘पाँच दलको गठबन्धनले अहिले देशको राजनीतिलाई एउटा ट्र्याकमा ल्याएको छ । राज्य संयन्त्रलाई कब्जा गरेर देशलाई अधिनायकवादको बाटोतर्फ उन्मुख गराउने ओलीको प्रयत्न विफल भएको छ । अहिले देशमा संविधानको रक्षा भएको छ । हामीले निर्माण गरेको पद्धतिको रक्षा भएको छ । देश शेरबहादुर देउवाको नेतृत्वमा अहिले विधिको शासन, दिगो सुशासन, लोकतान्त्रिक अधिकार र आर्थिक विकासको बाटोमा देश अघि बढेको छ । र अबका दिनमा हामीले, हाम्रो पुस्ताले राजनीतिक पद्धतिका निमित्त सङ्घर्ष गर्नु नपरोस् ।’

मन्त्री कार्कीले आन्तरिक एकतालाई सुदृढ गर्दै देशलाई समृद्धिको दिशातर्फ अगाडि बढाउनुपर्ने बताउनुभयो । संविधानलाई समयानुकूल परिवर्तन गर्दै देशको राष्ट्रियता र सार्वभौमिकतालाई सुदृढ बनाउँदै नेपालीलाई सम्पन्न बनाउने दिशामा अघि बढ्न विलम्ब गर्न नहुने उहाँको भनाइ छ ।

उहाँले देशलाई समृद्ध बनाउनका निम्ति सबैको इमानदार र सार्थक प्रयत्न हुनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित : ५ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६