प्रदेश

राष्ट्रपति भण्डारीकी सम्धिनी काँग्रेस केन्द्रीय सदस्यमा पराजित ।




काठमाण्डौं, ०६ पुष । नेपाली काँग्रेस केन्द्रीय सदस्यमा वर्तमान केन्द्रीय सदस्य किरण यादव पराजित भएकी छन् । १४ औं महाधिवेशनमा मधेसी महिलातर्फ केन्द्रीय सदस्यको उम्मेदवार बनेकी उनी पराजित भएकी हुन् ।
पूर्वराष्ट्रपति तथा काँग्रेसका पूर्वमहामन्त्री रामवरण यादवकी भतिजी समेत रहेकी किरण ४ जना मधेसी तर्फको महिला केन्द्रीय सदस्यमा अटाउन सकिनन् । राष्ट्रपति विद्यादेवी भण्डारीका सम्धिनी समेत रहेकी उनी आगामी ४ वर्ष काँग्रेस केन्द्रीय समिति बाहिर रहने भएकी छन् ।

चार जना महिलामा शेखर कोइराला प्यानलबाट उनको मात्र उम्मेदवारी परेपनि किरण पराजित भइन् । शेरबहादुर देउवा समूहकी मुक्ताकुमारी यादव ३ हजार ९ सय ६९ मत ल्याएर पहिलो स्थानमा निर्वाचित भएकी छन् । यस्तै मिनाक्षी झा ३ हजार १२, मन्जुकुमारी यादव २ हजार ८ सय ८३ र नागिना यादव २ हजार ८ सय ४६ मत ल्याएर विजयी भएकी छन् ।

प्रकाशित : ६ पुस २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६