प्रदेश

वाणगंगाकी कक्षा १२ मा अध्यनरत सुरक्षाको दुवै मिर्गौला फेल, सहयोगका लागि परिवारको आग्रह ।



कपिलवस्तु, ०६ पुष ।
कपिलवस्तुमा दुवै मिर्गौला फेल हुनेहरुको संख्या बढिरहेको छ । विशेष गरी विदेश काम गरी आएका र स्वदेशकै विद्यार्थी र युवामा यस्तो समस्या बढी देखिने गरेको हो ।

कतिपय युवा र विद्यार्थीहरु अहिले बुटवल र काठमाण्डौँमा उपचाररत छन् । यसै स्थितिकाबीच बाणगंगा नगरपालिका वडा नम्बर २ की २० बर्षीय युवतीको दुवै मृगौला फेल भएको खबर आएको छ । बुटवल क्यानन स्कुलमा कक्षा १२ मा पढ्ने सुरक्षाको दुवै मिर्गौला काम नगर्ने अवस्थामा पुगेको परिवारजनले बताएका छन् । झट्ट हेर्दा खाइलाग्दी देखिने सुरक्षा पौडेलको दुवै मृगौला फेल भएपछि परिवार अहिले तनावमा छ ।

पिता माधव पौडेल र माता पुष्पा पौडेलले छोरीको उपचारको लागि आर्थिक अवस्थाले नभ्याउने भन्दै सहयोगको लागि अपिल समेत गर्नुभयो । मृगौला फेर्नको लागी ठूलो रकमको आवश्यकता पर्ने भएकाले आर्थिक सहयोग गर्न उहाँहरुले सबैसामु विन्ति गरिरहनु भएको छ । वडाध्यक्ष विष्णु प्रसाद पौडेलले पनि सुरक्षालाई बचाउन सबैले सहयोग गर्नु पर्ने बताउनु भयो ।

घरबाटै रकम जुटाउन अवस्थाले नसक्ने भन्दै बुवा माधव पौडेलले वडालाई समेत जानकारी दिएको भन्दै वडाध्यक्ष पौडेलले आर्थिक सहयोग गर्न आग्रह गर्नुभएको छ । सहयोगको लागि साइन रेसुङ्ग बैंक जितपुर शाखाको खाता नं ०१६००७००२१२६७७०००००१ मा रकम जम्मा गर्न सकिने छ ।

प्रकाशित : ६ पुस २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६