प्रदेश

कपिलवस्तु एमालेको जनसभाः ओली नरम,शङ्कर कडा




कपिलवस्तु, ०६ पुष ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा न ८ बहादुरगंजमा आयोजित नेकपा एमालेको जनसभा कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नरम देखिए । अधिकांश कार्यक्रमहरूमा अन्य दलका नेताहरूको आलोचना गर्ने ओली कपिलवस्तुमा भने नरम भएर भाषण गरे ।
भाषणको अधिकांश समय आफ्नो सरकारको पालामा गरेका कामहरू सुनाए । नेपाली काँग्रेसको नेतृत्वमा रहेको सरकारको आलोचना नगरेका ओलीले यो सभामा हास्यास्पद कुरा पनि गरेनन् । आफ्नो नेतृत्वको सरकारले गरेका कामहरू सुनाउँदै पार्टी प्रति जनताको आर्कषण बढिरहेको दाबी गरे ।

नौमुरे जलविद्युत परियोजना ,हुलाकी सडक, फुसको छानो हटाउने लगायतका योजनाहरू आफ्नो कार्यकालमा सुरु भएको ओलिले बताए । महासचिव शङ्कर पोख्रेल सहित पुगेका ओलीले कपिलवस्तुका सबै क्षेत्र र प्रदेशमा एमालेले जित्ने बताए । आफूले पार्टीलाई दैनिक १८ घण्टा दिएर काम गरेको भन्दै सबै तल्लो तह सम्मका नेताहरूले यसै गरी काम गर्न सुझाव दिए । अबको चुनाव २०६४ सालको जस्तो निर्वाचन हुने भन्दै केही पार्टीका नेताहरू हिँडेकोले अबको निर्वाचनमा त्यस्तो कुनै पनि हालतमा नहुने जिकिर गरे । काँग्रेस माओवादी जसपा लगायत दलहरूको चर्का आलोचना सुन्ने आसमा रहेका कार्यकर्ता ओली एकाएक नरम हुँदा अचम्म परे ।

उनले नेपालको पानीले भारतमा सिँचाइ भइरहेको बताए । नेपालको जमिन बाझो रहेर भारतले सिचाई गर्न नपाउने जिकिर गरे । ओलीले नरम भाषण गरे पनि महासचिव शंङकर पोखरेल भने सरकारको चर्का आलोचना गरे । अहिले सरकार प्रति रुष्ट रहेका पोखरेल जनताले मत दिए पनि परम आदेशका कारण केन्द्र र प्रदेश सरकार ढलेको बताए । उनको भाषण अवधि नै अहिलेको सरकारको आलोचना,आरोप र पार्टीका प्रशंसा गर्दैमा बित्यो ।

प्रकाशित : ६ पुस २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६