भेषराज पाण्डे
कपिलवस्तु ७ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नौमुरे बहुउदेश्यीय आयोजना र कालिगण्डकी ड्राइभर्सन आयोजनाले एमालेको सरकार पर्खि रहेको वताउनु भएकोछ । उहाले यी दुई आयेजनाले खासगरी कपिलवस्तु रुपन्देही र अन्य छिमेकी जिल्लामा विधुत सिंचाई र खानेपानीको सुनिश्चिता गर्नेछन् त्यो काम एमाले सरकारमा आउदा साथ अघि बढाउछ उहाले भन्नु भएकोछ । ओलीले कपिलवस्तुको वहादुरगंजमा आयोजित जनसभामा रहेको उपस्थिती नियाल्दै भन्नु भयो अव यहाका ३ वटै क्षेत्र एमालेले जित्ने भयो । कुनै क्षेत्र थप भएछ भने अरुको पनिपालो आउन सक्छ ।
उहाले कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ बहादुरगन्जमा आज आयोजित बिशाल जनसभामा जसपा केन्द्रीय सदस्य मंगलप्रसाद गुप्तासहित ७ हजार ४ सय जनालाई पार्टी प्रवेश गराउद भन्नु भयो एमालेमा समयमै नआएकाहरु पछुताउने छन् तपाईहरु पछुताउनु पर्ने छैन । उहाले भन्नु भयो हुलाकी राजमार्गका गफ धेरैले गरे वनाउन एमाले सरकार नै चाहियो , मेलम्चीका गफ धेैले गरे काठमाण्डौमा पानी ल्याउन हाम्रै सरकार चाहियो । धरहरा ठडिएकोहेर्न सबैले चाहे बनाउन एमाले सरकार नै चाहियो । सुरुङको कल्पना धेरैले गरे जनयुद्धका नाममा खाल्डा खनेर सुरुङयुद्ध भनियो तर सिद्धवावा लगायतका स्थानमा सुरुङ खन्न एमाले नै चाहियो भन्दै ओलीले राप्तीको नौमुरे बहुउदेश्यीय आयोजना र काली गण्डकी ड्राइभर्सनकालागि पनि एमाले नै चाहिने ठोकुवा गर्नु भयो ।
कपिलवस्तुमा अपार खाली जमिन ,अतुलनिय बन क्षेत्र , विश्वकै मनखिच्ने पर्यटकीय सम्पदा छ तर छैन त केवल एमालेका ३ वटै क्षेत्रमा उपस्थिती छैन त्यो पुरा गर्ने बेला आएको छ उहाले कपिलवस्तुवासीलाई सुन्दर भविश्य बनाउन सुझाउनु भयो ।भारतीय पत्रकारहरुको समेत उल्लेख्यीय उपस्थिती रहेको सो समारोहमा ओलीले भन्नु भयो— मलाई कसैकसैले मधेस विरोधी र भारत विरोधी भन्दा रहेछन् । म भन्दा बढी मधेसीलाई सम्पन्न र समृद्ध बनाउन मधेस विकासको नीति र कार्यक्रम कसले ल्यायो वताउन चुनौती दिन्छु । उहाल ेभन्नु भयो नेपालको खेत बाझो राखेर भारतलाई पानी दिन सकिदैन । ’यता नेपाल तर्फ बाझो जमिन छ उता भारत तर्फ खेती भइरहेको छ यो कदापी हुदैन’ ओलिले भन्नुभयो “कपिलवस्तुमा कृषि सिचाइकोको ब्यवस्था भए यस्तो अवस्था आउदैन ।“ अध्यक्ष ओलीले एमालेसँग मात्र देश बनाउने नीति भएको बताउनु भयो । नेकपा एमालेले बेशहारा, अभिभावक विहिनको भएको उहाको भनाइ छ ।
एमालेले बेशहाराका लागि सामाजिक सुरक्षा भत्तालाई प्रोत्साहन गरेको बताउनुभयो । कपिलवस्तुलाई औद्योगिक शहर बनाउने योजनाका साथ अघि बढ्ने बताउनु भयो ।अध्यक्ष ओलीले आफ्नो कार्यकालमा भारतसगँ सुमधुर सम्बन्ध स्थापित गरेको बताउनुभयो ।जेष्ठनागरिकलाई स्वास्थ्यका लागि एमाले सरकारले औषधी उपचारको ब्यवस्था गरेको बताउनु भयो । आफू प्रधानमन्त्री हुदा कपिलवस्तुको तौलिहवा जस्तो शहरलाई ५० लाख रकम बिनियोजन तथा सडक पुर्वाधारको लागि रकम बिनियोजन गरेको बताउनु भयो । जनता अवास कार्यलाई निरंतरता दिई फुसको छानो मुक्त गाउँ विकास स्थानीय तह एवम् पालिकालाई अनुरोध गर्नु भयो । ओलीले भन्नु भयो म ७० बर्षको भए १८ घन्टा काम गर्छु । तपाईहरु पनि काम गर्नुअ अनि मात्र पार्टी अघि बढ्छ ।
प्रतिक्रिया