प्रदेश

प्रतिनिधि सभाको बैठक आज बस्दै



काठमाडौं, ०७ पुष । प्रतिनिधि सभाको बैठक आज बुधबार बस्दै छ। यसअघि मंगलबार केही समय बसेर स्थगित भएको बैठक आज पुनः बस्न लागेको हो। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्नेछ।

आजको बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

त्यसैगरी आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणल ‘नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय० ९पहिलो संशोधन०, ‘तेजाव तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादेश, २०७८ तथा ‘सामाजिक सुरक्षा ९पहिलो संशोधन० अध्यादेश स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको छ।

साथै आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले ‘रेल्वे अध्यादेश, २०७८ समेत स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गरेको थियो। उसले दशौं अधिवेशनका बैठक पनि चल्न नदिने रणनीति तय गरेको छ।

मंगलबारको बैठकमा पनि एमालेका सांसद्हरूले नाराबाजी गरेका थिए।

प्रकाशित : ७ पुस २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६