घोराही ८पुस । घोराही उपमहानगरपालिकाको दशौँ नगरसभा सुरु भएको छ । गत असार महिना यता भएका विभिन्न निर्णय, बनेको विधेयक तथा योजना कार्यक्रम संशोधनका विषयहरु नगरसभामा पेश हुने कार्य सूचि रहेको छ । बुधबारको सभामा नगर प्रमुख नरुलाल चौधरीले असार ११ गते यता भएका ७ वटा कार्यपालिकाको बैठकका निर्णय र स्थानिय बजार व्यवस्थापन तथा अनुगमन विधेयक २०७८ पेश गरे ।
उक्त निर्णय र विधेयक नगर सभा सदस्यहरुलाई अध्ययनका लागि उपलब्ध गराईएको छ । आगामी ११ गते बस्ने नगरसभा पेश भएका निर्णय र विधेयकका बिषयमा छलफल गरेर पारित गर्ने छ । त्यस्तै सोही सभामा नगर तथा वडाका संशोधन गर्नुपर्ने योजनाहरु समेत पेश हुने गरि बैठक स्थगित भएको हो ।
प्रतिक्रिया