अर्थ-वाणिज्य

बुटवल पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका




काठमाडौं, ८ पुस

बिहीबार बुटवल पावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हाे । बुटवल पावरले ११ पुसमा बुक क्लोज गर्दैछ । ९ र १० गते शुक्रबार र शनिबार परेकाले सेयर कारोबार बन्द हुनेछ । यसअनुसार, कम्पनीको लाभांश सुरक्षित गर्न आजै सेयरधनी बन्नुपर्नेछ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्न २६ पुसमा वार्षिक साधारणसभा आह्वान गरेको छ ।  सभा कम्पनीको रजिष्टर्ड कार्यालय वानेश्वर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

प्रकाशित : ८ पुस २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६