प्रदेश

अर्घाखाँचीको पाणिनी गाउँपालिका उपाध्यक्ष एमाले छाडेर कांग्रेसमा प्रवेश ।



अर्घाखाँची, १९ पुष । २०७४ सालको पालिका चुनावमा अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एमालेबाट उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।
नेपाली कांग्रेस पाणिनी गाउँपालिकाले आज सोमवार दुर्गाफाँटमा गरेकोे आमसभा कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गौतमसहित अन्यलाई पार्टीमा प्रवेश गराउनुभएको हो । गौतम गाउँपालिका महासङ्घको केन्द्रीय सदस्यसमेत हुनुहुन्छ ।
नेकपा एमाले, नेकपा माओवादीका केही नेतारकार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।
यस आमसभामा महामन्त्री थापा, केन्द्रीय सदस्य तथा संसदीय दलका सचेतक पुष्पा भुसाल, केन्द्रीय सदस्य सञ्जय गौतमलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित : १९ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६