कोशी

एक हप्तादेखि हिउँमा फसेका १४ मजदुरको हेलिकप्टरबाट सकुशल उद्धार



पूर्व
१९-पुस ।  गएको एक हप्तादेखि हिउँमा फसेका १४ मजदुरको हेलिकप्टरबाट उद्धार गरिएको छ । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ घुसदुङमा १४ मजदुर गएको सात दिनदेखि हिउँमा फसेका थिए । हिजो आइतवार मजदुरहरू हिउँमा फसेको थाहा पाउनेबित्तिकै प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले उद्धारका लागि गृह मन्त्रालय, प्रदेश मन्त्रालयमा हेलिकप्टर पठाउन पहल गर्नुभएको थियो ।

आज सोमवार दिउँसो सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर मजदुरहरूको उद्धार गरेको प्रजिअ बास्कोटाले बताए । उद्धार हुनेहरूमा १० जना पुरुष र चार जना महिला रहेका छन् । पुथाउत्तरगंगा २ पेल्मा गाउँका जोकप्रशाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजित कामी, जानि बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेवी झाँक्री, प्रेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा, नान्तेन पुनलाई उद्धार गरेर उनीहरूकै गाउँ पेल्मामा छोेडिएको छ ।

उनीहरूको अवस्था सामान्य रहेको र सबै जना नजिकैको ओढारमा बसेको बताइएको छ । गाउँपालिकाको वडा नम्बर २ मा सडक निर्माणका लागि खटिएका उनीहरू गएको १३ र १४ गते बाक्लो हिउँ परेर जमेपछि बसिरहेकै ठाउँमा फसेका थिए ।

प्रकाशित : १९ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६