जीवनशैली

पूर्वप्रधानन्यायाधीश शर्माको शोकमा आज देशभरका अदालत बन्द



काठमाडौँ ९ माघ  – आज देशभरका अदालत बन्द हुने भएका छन् ।पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा आज देशभरका अदालत बन्द गरिन लागिएको हो ।

पूर्वप्रधानन्यायाधीश शर्माको ८८ वर्षको उमेरमा गएको बुधवार निधन भएको थियो । सर्वोच्च अदालतको आकस्मिक पूर्णबैठकले शोक प्रस्ताव पारित गरी आज देशभरका अदालतमा बिदा गर्ने निर्णय गरेको हो ।

उहाँले २०५४ साल चैतदेखि २०५६ साल मङ्सिर ३० गतेसम्म प्रधानन्यायाधीश भएर काम गर्नुभएको थियो ।सरकारी सेवामा २०१५ सालमा प्रवेश गरेका शर्मा २०१७ सालमा कानुन मन्त्रालयको शाखा अधिकृतबाट बढुवा भएर अदालतको न्यायाधीश भएर काम गर्नु भएको थियो ।

प्रकाशित : ९ माघ २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६