प्रदेश

लुम्बिनी प्रादेशिक अस्पताल र पत्रकार महासंघबीच सम्झौता



बुटवल, ०९ माघ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलसँग नेपाल पत्रकार महासंघ रुपन्देहीले कोरोना परीक्षण र उपचारसम्बन्धी सम्झौता गरेको छ ।
कोरोना संक्रमण जाँच र उपचार सहजरुपमा मिलाउने उद्देश्यले आइतबार अस्पतालमा सम्झौता भएको हो । सम्झौता अनुसार महासंघका सदस्य पत्रकारहरूको पीसीआर परीक्षण निःशुल्क गर्ने तथा एचडियू र आईसीयूका एक÷एक बेड पत्रकारलाई निःशुल्क उपलब्ध हुने छ ।

महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल र अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा इन्द्र ढकालबीचमा भएको सम्झौता अनुसार सबै सेवा लिनका लागि महासंघको सिफारिस चाहिने छ ।

प्रकाशित : ९ माघ २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६