प्रदेश

बाणगंगाको दशौं नगरसभा सकियो, चारवटा प्रस्ताव पारित




कपिलवस्तु, ०९ माघ ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाको दशौं नगरसभा सम्पन्न भएको छ । नगरपालिकाको आफ्नै भवनमा माघ ३ गतेदेखि सुरु भएको नगरसभा आज आईतबार सम्पन्न भएको हो । “संमृद्ध बाणगंगाको मूल आधार आर्थिक सामाजिक रुपान्तरण सहितको पूर्वाधार” भन्ने मूल नारासहित भएको नगर सभाले विभिन्न प्रस्ताव पारित गरेको छ ।

नगर सभाले वन सम्बन्धि विध्येक र खानेपानी तथा सरसफाई सम्बन्धि विध्येक पारित गरेको हो । यस्तै नगरसभाले नगर र वडास्तरिय योजना संशोधन गरेको छ। नगरसभाले चार वटा सार्वजनिक महत्वका प्रस्ताव पारित गरेको सुचना अधिकारी केशवराज भट्टराईले जानकारी दिए । सुचना अधिकारी भट्टराईका अनुसार नगरवासीलाई कोभिडबाट बच्न स्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गर्ने, वडा नं.९ मा निर्माण गर्न लागिएको ल्याण्ड साईटमा सबैको सहयोग तथा सहभागिताका लागी विभिन्न संघसंस्था, राजनितिक दल, प्रतिनिधिलाई अनुरोध गर्ने प्रस्ताव नगरसभाले पारित गरेको छ ।
उनीहरुले त्यसका लागी साझेदारी एवम् समन्वय गर्न सक्ने नगरपालिकाले जनाएको छ। यस्तै अब जनप्रतिनिधिको कार्यकाल ५ बर्ष पुग्न लागेको हुदाँ यस अवधिमा नगरको विकास निर्माणका क्रममा सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद तथा हार्दिक कृतज्ञता ज्ञापन गर्ने प्रस्ताव पनि नगरसभाले पारित गरेको छ ।
नगरसभामा मेयर मंगल प्रसाद थारु, उपमेयर चक्रपाणी अर्याल, प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले आआफ्नो धारणा राख्दै नगरको थप विकासलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने रणनिति प्रस्तुत गरेका छन् । यस्तै सोअवसरमा वडा अध्यक्षसहित विभिन्न कार्यपालिका सदस्य तथा नगर सदस्यहरुले सुझाव दिएका थिए ।

प्रकाशित : ९ माघ २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६