काठमाडौं १० माघ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । अहिले बिहान पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको विभागले जनाएको छ । यी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात भइरहेको छ ।
प्रतिक्रिया