जीवनशैली

घोराही कारागारबाट भागेका कैदी परियार भारतको सिमा जमुुनाहमा पक्राउ



घोराही,
१० माघ/ घोराही कारागारबाट भागेका कैदी यमराज परियारलाई प्रहरीले एक महिना पछि पक्राउ गर्न सफल भएको छ । उपचारका लागि भन्दै अस्पताल लगिएका परियार गत पुस ८ गते साथमा गएका प्रहरी जवानको मोटरसाईकल लिएर भागेका थिए ।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुुकुुन्दप्रसाद रिजालको कमाण्डमा खटिएको टोलीले परियारलाई नेपाल भारतको सिमा जमुुनाह नाका क्षेत्रबाट पक्राउ गर्न सफल भएको हो । कर्तव्य ज्यान मुुद्धामा २० बर्ष कैद तोकिएका राजपुर गाउँपालिका ३ घर भएका २९ बर्षिय परियारलाई प्रहरीले सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

कारागारबाट अस्पताल जाने भनि निस्कीएका प्रहरी जवान धनबहादुर चौधरी र परियार अस्पताल नगई घोराही कै थकाली रेष्टुुरेन्टमा दुुई जना महिला सहित गएका थिए । त्यही होटलबाट प्रहरी जवान चौधरीको लु ३१ प १५० नम्बरको मोटरसाईलमा परियार भागेका थिए ।

अर्को दिन मोटरसाईकल लमहीको जंगलमा फेला परेको थियो । उक्त घटनामा अहिले प्रहरी जवान चौधरी र उनि सँग होटलमा बसेकी तुलसीपुर १० की समि चौधरीलाई गत पुस १९ गते दाङ देउखुरी जिल्ला अदालतले पुुर्पक्षका लागि कारागार चलान गरेको छ ।

पक्राउ परेका कारागारका सुरक्षा इञ्चार्ज प्रहरी सहायक निरिक्षक रुद्रबहादुर सेन ठकुरीसंग १० हजार र प्रहरी हवल्दार गणेशकुुमार थारुलाई ५ हजार धरौटीमा छोड्न आदेश दिएको थियो । सो घटनामा होटल सञ्चालक सौजन्य खनाल र घोराही १६ की विपाशा चौधरीलाई अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको थियो ।

साथै पुस १२ गते पक्राउ परेका कारागारका जेलर युवराज परियार भने कारागार बिभागले मुद्धा चलाउन अनुमति नदिए पछि गत पुस १६ गते रिहा भएका थिए । २० वर्ष कैद सजाय तोकिएका परियारले अहिलेसम्म साढे सात वर्ष कैद सजाय भुक्तान गरिसकेका थिए ।

कारागार ऐन २०१९ को दफा २४ को ३ मा कैद म्याद तोकिएको कैदी भागेमा पक्राउ पछि बाँकी कैदको डेढी बढाई कैद सजायको व्यवस्था गरेको प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिएका छन ।

प्रकाशित : १० माघ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६