अर्थ-वाणिज्य

शिद्धार्थको २६ औ साधारण सभा :२ अपाङतालाई छात्रबृत्ति सहित सम्मान




कपिलवस्तु ११ माघ । वातावरण शान्ति र सामाजिक बिकासका लागि रोग,भोक र अशिक्षा विरुद्ध अघि बढौं भन्ने मूल नाराका साथ सिद्धार्थ सामाजिक बिकास केन्द्रको २६औं वार्षिक उत्सव मनाएको छ । संस्थाको आफ्नै सभा हल वाणगंगा ४ जितपुरमा सम्पन्न गरेको हो । कार्यक्रममा संस्थाको परिसरमा रहेको नव निर्मित सिद्धार्थ गौतम बुद्धको प्रतिमाको संस्थाका संस्थापक तथा कार्यक्रमका प्रमुख अतिथी सागर प्रसाद श्रेष्ठ संस्थाकी अध्यक्ष सूर्य कुमारी शाहीले संयुक्त रुपमा अनावरण गर्नुभयो ।


साथै कार्यक्रममा संस्थाले सिद्धार्थ क्याम्पस बुङचीका कक्षा ११मा अध्ययनरत तथा वाणगंगा ७ निवासी सञ्जय गैरे एवम् सोही ठाउँ वस्ने जया अर्याललाई अपाङ्ग छात्रवृत्ति वापत रु ५÷५ हजार नगद र प्रमाण पत्र प्रदान गरेको छ । यस्तै बालगृह तौलिहवामा रहेका अनाथ बालबालिकालाई सहयोग स्वरुप बालगृह तौलिहवाका अध्यक्ष गोपालमणि ज्ञवालीलाई नगद रु २० हजार प्रदान गरेको छ ।
गैर नाफामूलक संस्थाको रुपमा २०५२ सालमा स्थापना भई लुम्विनी प्रदेशमा नमूना संस्थाको रुपमा परिचित हुन सफल भएको छ । लुम्विनी प्रदेशका १२ वटै जिल्ला यसको कार्यक्षेत्र रहेको छ । कार्यक्रम संस्थाका अध्यक्ष सूर्य कुमारी शाहीको अध्यक्षता संस्थाका संस्थापक सागर प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता पूर्व अध्यक्ष एवम् शैक्षिक व्यक्तित्व टिकाराम पौडेल, टंक प्रसाद आचार्य, पोम नारायण पौडेल,निवर्तमान अध्यक्ष तेज प्रसाद आचार्य,वडा न ९ का वडाध्यक्ष ध्रुर्व वेल्वासे,सिद्धार्थ सहकारीका अध्यक्ष इन्दिरा भट्टराईको आतिथ्यता रहेको कार्यक्रम उपाध्यक्ष त्रिलोचन घिमिरेको स्वागत र सचिव हरिलाल शर्माको संचालनमा भएको थियो ।

प्रकाशित : ११ माघ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६