अन्तर्राष्ट्रिय

पहिलो टी–२० क्रिकेटमा वेस्ट इन्डिजलाई ६ विकेटले हराउदै भारत विजयी



पहिलो टी–२० क्रिकेटमा भारतले पाहुना टोली वेस्ट इन्डिजलाई ६ विकेटले हराएको छ ।कोलकातामा गएराति भएको खेलमा वेस्ट इन्डिजले दिएको १ सय ५८ रनको लक्ष्य भारतले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

भारतका लागि कप्तान रोहित शर्माले ४० तथा इशान किशनले ३५ रन जोडे । त्यस्तै सूर्यकुमार यादवले नटआउट ३४ रन बनाए । वेस्ट इन्डिजका रोस्टन चेसले २ विकेट लिए ।यसअघि टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।

वेस्ट इन्डिजका निकोलस पुरनले सर्वाधिक ६१ रनको अर्धशतकीय पारी खेले ।भारतका हर्सल पटेल र रबि बिश्नोईले २/२ विकेट लिए । जितसँगै भारतले ३ खेलको टी–२० श्रृङ्खलामा १–० को अग्रता बनाएको छ । यसअघि भएको ३ खेलको एक दिवसीय क्रिकेटमा भारतले ‘क्लिन स्वीप’ गरेको थियो ।

प्रकाशित : ५ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६