अर्थ-वाणिज्य

७ वटै प्रदेकालागि उद्योग परिसंघ र विशाल फाउण्डेसनबिच समझदारी




कपिलवस्तु ९ फागुन । नेपालका ७ वटै प्रदेशमा प्रदेश सरकार, नेपाल उद्योग परिसंघ र विशाल फाउण्डेसनले आयोजना गर्ने प्रादेशिक उधमशीलता परिसंवादका लागि आज औपचारीक संझौता पत्रमा हस्ताक्षर भएको छ। एक समारोहबिच परिसंघका अध्यक्षबिष्णु अग्रवाल र विशाल फाउन्डेसनका अध्यक्ष नरेश प्रसाद श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गनुभएको हो ।
समझदारी पत्रमा हस्ताक्षर समारोहमा परिसंघका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारी, महानिर्देशक यादव प्रसाद पौडेल र विशाल फाउण्डेसनका कार्यकारी निर्देशक विशाल गैरेसहितका पदाधिकारीको उपस्थीति रहेको फाउण्डेसनका गैरेले जानकारी दिनु भयो । यो कार्यक्रमले प्रदेशमा उद्यमशिलता विकासकालागि भएका कामको चिरफार गर्नेछ भने अव के कस्ता कामलाई प्राथमिकता दिनु पर्नेछ भन्ने विषयमा वाटो देखाउने निर्देशक गैरको अपेक्षा छ ।

प्रकाशित : ९ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६