अन्तर्राष्ट्रिय

पाकिस्तान र अस्ट्रेलियाबीचकाे पहिलो टेस्ट बराबरीमा



काठमाण्डाै – पाकिस्तान र अस्ट्रेलियाबीचकाे पहिलो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ । रावलपिन्डीमा अस्ट्रेलियाले दोस्रो पारीको ब्याटिङ नै गर्न नपाइ पाँचौँ दिनको खेल सकिएपछि टेस्ट बराबरीमा सकिएको हो ।

पहिलो पारीमा १७ रनको अग्रता बनाएको पाकिस्तानले दास्रो पारीमा कुनै पनि विकेट नगुमाइ दुई सय ५२ रन बनायो । पाकिस्तानका अब्दुल्लाह सफिक र इमाम उल हकले शतक प्रहार गरे । उल हकले पहिलो पारीमा पनि शतक प्रहार गरेका थिए । यस्तै पहिलो पारीमा अजहर अलीले पनि शतक प्रहार गरेका थिए । एउटै टेस्टमा पाकिस्तानका तीन जना खेलाडीले चार वटा शतक बनाउन सफल भए ।

पाकिस्तानले पहिलो पारीमा चार सय ७६ रन बनाएको थियो भने अस्ट्रेलियाले चार सय ५९ रन बनायो । पहिलो पारीमा बलिङतर्फ पाकिस्तानका नुमान अलीले ६ विकेट लिए । अस्ट्रेलियाका चार जना खेलाडीले अर्धशतक प्रहार गरे । डेभिड वार्नर, मार्नुस लाबुशेन, उसमान ख्वाजा र स्टेभिन स्मिथले अर्धशतक बनाएका हुन् । 

अस्ट्रेलियाकाे टोली झन्डै २५ वर्षपछि पाकिस्तान भ्रमणमा रहेको छ । यी दुई देशबीच तीन खेलको टेस्ट, तीन खेलको एकदिवसीय र एक खेलको टी–२० शृङ्खला हुँदैछ । 

प्रकाशित : २४ फाल्गुन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६