प्रदेश

एमाले प्रवेश गर्नेहरू पछुताउनुपर्ने अवस्था आउँदैन : ओली



काठमाडाै ९ चैत – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले किन प्रवेश गरिएछ भनेर पछुताउनुपर्ने अवस्था हुन नदिने प्रतिबद्धता जनाउनुभएकाे छ । आज पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धरलगायतलाई पार्टी प्रवेश गराउँदै उहाँले यस्ताे प्रतिबद्धता जनाउनुभएकाे हाे ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा सिङ्गो देशको हित गर्ने एमालेमा प्रवेश गरेकाले उनीहरूकाे हित नहुने भन्ने हुनै नसक्ने अध्यक्ष ओलीकाे तर्क थियाे । उहाँले भन्नुभयो, ‘म सबै साथीहरूलाई ढुक्क हुन आग्रह गर्दछु । आफ्नो राजनीतिक भविष्य के हुन्छ भन्ने होइन । देशकै राजनीतिक भविष्य सुदृढ हुन्छ भने, देशको सीमा सुरक्षा हुन्छ भने, देशको सार्वभौमसत्ता सुरक्षा हुन्छ भने, स्वाधीनता र स्वतन्त्रता सुरक्षित हुन्छ भने, राष्ट्रिय हितको सुरक्षा हुन्छ भने नेपालको लोकतन्त्रको सुरक्षा हुन्छ भने यस्तो स्थितिमा हाम्रा हित सुरक्षित नहुने भन्ने हुँदैन । सिङ्गै देश सुरक्षित हुन्छ । कसैले पनि किन एमालेमा प्रवेश गरिएछ भन्ने हुँदैन ।’

समाजवादी जनता पार्टी नै एमालेमा समाहित गर्नुभएका पूर्वमन्त्री प्रेमबहादुर सिंहले केपी ओलीजस्तो दुरदृष्टि नेताको नेतृत्वमा देश निर्माणमा समाहित हुन एमाले प्रवेश गर्नुपरेको बताउनुभयो । त्यस अवसरमा उहाँले आफ्नो पार्टी र आफ्नो प्रवेशले एमालेलाई झनै सुदृढ बनाउन सहयोग पुग्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

यस्तै अभिनेत्री करिश्मा मानन्धरले केपी ओलीको देश र जनताप्रतिको प्रतिबद्धता र त्यसका लागि आवश्यक क्षमता र कौशलताका कारण आफू एमाले प्रवेश गरेको बताउनुभयो । उहाँले कुनै पद भन्दा पनि एमालेमा रहेर देशको हितमा काम गर्ने चाहना आफूमा रहेको पनि बताउनुभयो ।

अभिनेत्री मानन्धरले एमालेको गुणगान गाउनेहरू देशभर रहेकाले पनि आफूलाई यस पार्टीमा प्रवेश गर्न प्रेरित गरेको धारणा राख्नुभयाे ।

प्रकाशित : ९ चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६