काठमाडौं १० चैत ।नावालिक गायिकासँग अवैध सम्बन्ध राखेको आरोपमा नायक पल शाहलाई थुनामा पठाउन जिल्ला अदालत तनहुँले आदेश दिएको छ ।बुधबार र बिहीबार भएको थुनछेक बहसपछि जिल्ला अदालत तनहुँले शाहलाई जेल चलान गर्न आदेश दिएको हो ।एक नाबालिका गायिकालाई विवाह गर्ने प्रलोभन देखाएर पटक–पटक शारीरिक सम्बन्ध राखेको भन्दै नायक शाहविरूद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो ।
पीडित गायिका र आरोपित शाहले दिएको बयानका आधारमा उनीविरुद्धको कसुर पुष्टि भएको हो ।जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेसँगै पछिल्लो समय चल्तिका नायक शाहको व्यवसायिक करिअरमा धक्का लागेको छ । उनीविरुद्ध जिल्ला नवलपुरमा पनि त्यस्तै प्रकृतिको अर्को मुद्दा परेको छ ।शाहका म्यानेजर कृष्णप्रसाद जोशी पनि मतियारको रूपमा संलग्न भई दोषी किटान भएका छन् । उनलाई पनि अदातलले जेल सजाय सुनाएको छ ।








प्रतिक्रिया