ब्रेकिंग न्युज

कांग्रेसको चुनावी मोर्चा हाक्दै पत्रकार:चापागाईंको संयोजकत्वमा मिडिया डेक्स




कपिलवस्तु २६ चैत्र।नेपाल प्रेस युनियन कपिलवस्तुका उपसभापति खग प्रसाद चापागाईंको सयोजकत्वमा मिडिया डेक्स गठन गरिएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षीत गर्दै नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको मिडिया डेक्स गठन गरिएको हो । मिडिया डेक्सको सदस्यहरुमा मणि प्रसाद गैरे, सनिउल्ला धोबी, अशोक पौडेल, कृष्ण पौडेल, नारद कोहार, कृष्ण प्रसाद गैरे, कृष्ण थापा रहनु भएको छ ।
मिडिया डेक्सले स्थानीय तहको निर्वाचनमा रिपोर्टिङ गर्ने जिम्मेवारी तोकिएको छ । डेक्सले लोकतन्त्रको पक्षमा कलम चलाउदैँ कपिलवस्तुबासीमा सत्य र निश्पक्ष खबर प्रकाशन तथा प्रशारण गर्ने बिश्वास लिएको नेपाली कांग्रेस जिल्ला सचिव शक्ति सिहं ठकुरीले बताए । मिडिया डेक्सको सल्लाहकारमा नेपाल पत्रकार महासघं कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य, पुर्व अध्यक्ष मनोज पौडेल र नेपाल प्रेस युनियनका सभापति गोपाल भण्डारी रहनु भएको छ ।

प्रकाशित : २६ चैत्र २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६