कपिलवस्तु ३ चैत्त । राप्रपा कपिलवस्तुको चुनावी अभियान ठूला ३ दल एमाले कांग्रेस र माओवादीको भन्दा वढी आक्रमक देखिएकोछ । राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा) कपिलबस्तु क्षेत्र नम्बर १ बाणंगागा नगर कार्यसमितिले सबै वडामा एकै साथ चुनाव प्रचार प्रसार कार्यालय स्थापना अभियान तिब्र पारेकोछ । यसैक्रममा बाणगंगा नगरपालिका वडा नं.४ को गजेहडा चोकमा पार्टिको चुनाव प्रचार प्रसार कार्यालय स्थापना गरिएको हो । उक्त कार्यालयको एक कार्यक्रका बीच पार्टीका केन्द्रिय सदस्य ध्रुब रायमाझि र जेष्ठ नागरिक पार्टीका नेता सम्मर बहादुर मल्लले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य रायमाझिले आजकै दिनबाट पार्टीको निति बिचार एवम् नेतृत्वबाट गरिएको प्रतिवद्धतालाई जनताको घर दैलोसम्म पुग्न स्थानीय तहका नेताहरुलाई निर्देशन दिनुभएको छ । राप्रपालाई बिजय बनाउनु मुलुक बचाउने र बनाउने अभियान रहेको बताउँदै उहाँले राप्रपालाई मतदान गर्नु भ्रष्टचारबिरुद्ध सुशासन लागि मतदान गर्नु भएको दाबी गर्नुभयो । उक्त कार्यक्रममा नेपाली कांग्रेस र एमालेका क्रियाशिल सदस्य ४५ जना प्रवेश गरेका छन् ।
कार्यक्रममा राप्रपा नेता डा. माधव पन्थी, राजेन्द्र बिक्रम शाह लगायतले आ–आफ्नो बिचार राख्नु भएको थियो । सम्मर बहादुर मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नगर सचिव नबराज घिमिरेले गर्नु भएको थियो । यसैबीच बाणगंगा नगरपालिका वडा नं.२, ३, ४, ५, १०, ११ र कपिलबस्तु नगरपालिकाको जहदीमा समेत पार्टी कार्यालय खोलिएको छ । स्थानीय तहको निर्वाचन नजिकिएसंगै राप्रपाले कपिलवस्तु जिल्लाभर आफ्नै गतिविधिलाई तीब्रता दिएको छ ।
३ बैशाख २०७९, शनिबार
प्रतिक्रिया