ब्रेकिंग न्युज

प्रेमीको जन्मदिन मनाउन गएकी किशोरीको सामुहिक बलात्कार




बाँकेमा १६ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार आरोपमा प्रहरीले प्रेमी भनिने किशोरसहित सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पीडित किशोरीलाई आफ्नो जन्मदिन छ भनेर बोलाउने प्रेमी बाँके बैजनाथ गाउँपालिका वडा नं ८ का १७ वर्षीय किशोर र उनका ६ साथीहरू रहेका छन्।पक्राउ परेकाहरूमध्ये १ जना १७ वर्ष, दुई जना १६ वर्षका र अरू १८ वर्षमाथिका छन्।विक्रान्त थारु, निराजन थारु, राजकुमार थारु र विश्वनाथ थारु १८ वर्ष माथिका हुन्।उनीहरूलाई जिल्लाको विभिन्न स्थानबाट आइतबार दिनभर खोजतलास गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेका अनुसार प्रेमी भनिने ती किशोरले राप्ती गाउँपालिकाकी ती किशोरीलाई आफ्नो जन्मदिन मनाउन भनेर बर्दिया जिल्लास्थित मानखोला जंगलमा बोलाएका थिए। मानखोला बाँके र बर्दियाको सिमानामा पर्छ।प्रहरीका अनुसार ती किशोर र ती किशोरीको बीचमा विगत एक वर्षदेखि सामाजिक सञ्जाल फेसबुकमार्फत् चिनजान भएको थियो। ती किशोरले करकाप गरेपछि किशोरी मानखोला जंगलमा सार्वजनिक बस चढेर पुगेकी थिइन्। त्यहाँ पुगेपछि ती किशोरीलाई शनिबार बेलुकीपख किशोर र उनका साथी विक्रान्तले बर्दियाको बढैयाताल घुमाउन लगे।
बढैयाताल घुमेर फेरि उनीहरू मानखोला जंगलको फूलबारी भन्ने ठाउँमा पुगे। त्यसपछि उनीहरूले घरेलु मदिरा सेवन गर्दै जन्मदिन मनाउन थाले। ती किशोरीलाई पनि करकाप गरी मदिरा सेवन गर्न लगाए। जब किशोरी मदिराले लठ्ठीइन्, त्यसपछि उनीमाथि किशोरसहित उनका साथीले सामूहिक बलात्कार गरे।किशोरी बेहोस भइन्। त्यसपछि शनिबार मध्यरातमा अर्धचेत अवस्थाकी किशोरीलाई मोटरसाइकलमा राखेर बाँके बैजनाथ गाउँपालिका वडा नं ८ पिपरीस्थित विक्रान्त थारुको बंगुर फार्ममा पुर्‍याए।अर्धचेत अवस्थाकी ती किशोरीमाथि फेरि त्यहाँ बलात्कार थयो। त्यसपछि उनीहरू जोगिन किशोरीलाई गाउँ छोड्ने योजना बनाए।
यसरी खुल्यो सामूहिक बलात्कारको तथ्य

अर्धचेत अवस्थाकी किशोरीलाई घर पुर्‍याउन भनेर विक्रान्तको आग्रहमा उनकै भे ३ प ३५२७ नम्बरको मोटरसाइकल प्रयोग गरियो। मोटरसाइकलको बीचमा अर्धचेत अवस्थाकी किशोरीलाई राखेर दुई किशोर आइतबार बिहान चार बजे हुइँकिएका थिए। उनीहरू नेपालगन्ज– गुलरिया सडक खण्डमा गुडिरहेका थिए। उढरापुरमा ड्युटीमा रहेको प्रहरीले तीन जना सवार र बीचमा बसेकी किशोरीलाई अर्धचेत अवस्थामा देखेर रोक्यो । सुरूमा मोटरसाइकल चालक र किशोरीलाई पछाडि बसेर समातेका युवाले उनी बिरामी रहेको भनेर प्रहरीलाई झुक्याउन खोजे। तर, ड्युटीका प्रहरीले थप प्रश्नहरू सोधेपछि उनीहरू अनकनाए। जवाफ दिने सकेनन्। प्रहरीले मोटरसाइकलसहित तीनै जनालाई प्रहरी कार्यालयमा पुर्‍यायो । किशोरीको चेत खुलेपछि उनले आफूमाथि भएको घटनाको बेलिविस्तार लगाइन्।
उनको बयानका आधारमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले बलात्कार आरोपित सबैलाई पक्रन सफल भएको डिएसपी न्यौपानले बताए। किशोरीको बयानका आधारमा विक्रान्तको बंगुर फार्ममा समेत पुगेर प्रहरीले केही प्रमाण संकलन गरेको जानकारी दिएको छ। किशोरीको स्वास्थ्य परीक्षण रिपोर्ट आएपछि आवश्यक कानुनी कारवाही सुरू हुने प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूविरूद्ध जबर्जस्ती करणी आरोपमा अनुसन्धान जारी रहेको डिएसपी न्यौपानेले जानकारी दिए।

आफूले नै विश्वास गरेर बनाएका मन्त्रीहरुलाई सुइँको नदिई फेरबदल गर्ने निर्णयले नेकपा एसभित्र अध्यक्षको शैलीमाथि प्रश्न उठेको छ। केही नेताहरुको बहकावमा लागेर गलत समयमा हटाउने निर्णय भएको भन्दै मन्त्रीहरुले असन्तुष्टि व्यक्त गरेका छन्। अध्यक्ष नेपाललाई लागि आफैले गरेको निर्णय तब प्रत्युत्पादक बन्यो जब आफ्नै मन्त्रीहरू पार्टीको निर्णय रोक्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकोमा पुगे।
पार्टी निर्णय आउनेबित्तिकै सरकारमा एसको पार्टीको तर्फबाट नेतृत्व गरिरहेका स्वास्थ्यमन्त्री विरोध खतिवडा र पार्टीकी सचिवसमेत रहेकी सहरी विकासमन्त्री रामकुमारी झाँक्री सक्रिय बनेका थिए । उनीहरूले पार्टी अध्यक्ष नेपाल मात्रै नभएर गठबन्धनका अन्य नेताहरुलाई भेट गरेका थिए। बजेटको विषयमा सदनमा छलफल जारी रहेको सन्दर्भमा मन्त्री हटाउन नहुने उनीहरुको तर्क थियो। उनीहरुले जारी छलफलको बीचमा मन्त्री हटाउँदा त्यसले सन्देश पनि राम्रो नजाने बताएका थिए।नेकपा एसको निर्णय रोक्न त्यही पार्टीका नेताहरु बालुवाटार र खुमलटार पुग्नु अध्यक्ष नेपालका लागि सुखद होइन। अध्यक्ष नेपालले यो निर्णय गर्नुअघि सत्तागठबन्धनको निरन्तरताका लागि आइपर्ने स‌ंकट र बजेट पास गर्न समेत पर्न सक्ने अप्ठेरो ख्याल गर्नुपर्ने थियो। तर त्यो ख्याल नगरी निर्णय गर्दा सोमबार बालुवाटारको बैठकमा नेता नेपाल डिफेन्सिभ बन्नुपर्‍यो। किनकि मन्त्री फेरबदलले ल्याउने असन्तुष्टि र निर्वाचनमा आएको परिणामबाट चिढिइरहेको जसपाले कुनै फरक कदम चालेको अवस्थामा सरकारलाई बजेट पास गर्न समेत असर पर्ने जोखिम थियो। अर्को त, नेकपा एसको मन्त्री बदल्ने निर्णयले गठबन्धनका अन्य दलमा पनि नयाँ मन्त्री लैजानुपर्ने दबाब आइतबारबाटै सुरु भइसकेको थियो । यस्तो स‌म्भावित परिदृश्यको आ‌ंकलन नगरी निर्णयमा पुग्दा नेपाललाई अप्ठेरो पर्‍यो ।

हुन त नेताहरुले तर्क गरेका छन् ६ महिनापछि मन्त्री बदल्ने पार्टीको पूर्वनिर्णय नै हो। अध्यक्ष नेपालले नै आइतबार कान्तिपुरसँग भनेका थिए,सरकारको निर्माणका बेला ६ महिनाका लागि एक सेट र त्यसपछि अर्को सेट पठाउने निर्णय भएको थियो। त्यो निर्णयलाई अहिले कार्यान्वयन गरिएको हो। फिर्ता आउने मन्त्रीलाई कारबाही गरिएको होइन। पूर्ववत् निर्णय मात्र कार्यान्वयन गरिएको हो।पार्टीका अर्का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आइतबार सचिवालय बैठकपछि २४ घण्टाभित्रै निर्णय कार्यान्वयन गर्ने जानकारी दिएका थिए। नयाँ सिफारिस भएका मन्त्रीहरुले त आइतबार नै बधाई साटासाट र मिडियामा प्रस्तावित मन्त्रालयमा आफूले पेस गर्ने कार्ययोजनाबारे समेत बोलिसकेका थिए। तर नेकपा एसको सचिवालयमा भएको उक्त निर्णय २४ घण्टामै थमौतीमा पर्‍यो। जुन निर्णय कार्यान्वयन गराउन नेता नेपालले गठबन्धनको बैठकमा अडान लिन सकेनन्।

प्रधानमन्त्री देउवाको नेतृत्व सरकारमा एकीकृत समाजवादी समावेश हुँदा उसको भागमा ४ मन्त्रालय परेको थियो। सो दलले बढीमा एक राज्यमन्त्रीसहित ५ जना नेतालाई त्यसमा पठाउन सक्थ्यो। तर एसभित्र कम्तीमा ९ नेताको मन्त्रीमा दाबी थियो। त्यस समयमा समाधानको उपायमा ६(६ महिना मन्त्री परिवर्तनको मोडललाई अघि सारिएको थियो।पहिलो समूहमा खतिवडाको नेतृत्वमा सहरी विकासमा झाँक्री, श्रममा कृष्णकुमार श्रेष्ठ, पर्यटनमा प्रेम आले र स्वास्थ्य राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ छन्। आइतबार सो पार्टीले खापुङलाई स्वास्थ्य राज्यमन्त्रीबाट स्वास्थ्यमन्त्रीमा पठाउनुका साथै पर्यटनमा जीवनराम श्रेष्ठ, सहरी विकासमा मेटमणि चौधरी, श्रममा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई मन्त्री बनाउने निर्णय गरेको थियो। जुन निर्णय कार्यान्वयन भएन।
मन्त्रिपरिषद् हेरफेरको विषय राष्ट्रिय आवश्यकताभन्दा पनि पार्टीको आन्तरिक मामिला व्यवस्थापनका लागि मात्रै आयो ।
पहिले नै सहमति भएको भए पनि नेकपा एसले नेताहरूको पालो पुर्‍याउनकै लागि मात्र मन्त्रीहरू फेरबदल गर्न लागेको देखियो। जबकि मन्त्री भनेको पार्टीको भागबन्डा मिलाउने साधन बन्न नहुने हो । तर अध्यक्ष नेपालले सबैलाई खुसी पार्ने प्रयास गर्दा यो निर्णयमा उनको कच्चापन छताछुल्ल भयो।यो निर्णयले लामो समयमा देशको प्रमुख पार्टीको नेतृत्व गरेर र प्रधानमन्त्री भइरहेका अध्यक्ष नेपालको साखलाई गिराएको मात्र छैन निर्णय प्रक्रियामा रहेको कमजोरीलाई समेत देखाएको छ। कुनै पनि निर्णय गर्दा त्यसको परिस्थिति र हुनसक्ने सम्भावित परिणामको बारेमा कुनै प्रकारको लेखाजोखा नगर्दा निर्णय कसरी बेवारिस बन्छ भन्ने पाठ पनि नेकपा एसलाई यो घटनाले सिकाएको हुनुपर्छ ।

प्रकाशित : २३ जेष्ठ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६