बिजनेस

बाल विटोरी जग्गाको लालपूर्जा माग्न ब्यापारी पुगे प्रशासनमा




कपिलवस्तु, ८ साउन।सदरमुकाम तौलिहवा बजार सहितका क्षेत्रका बालबिटोरी (बजार ब्लक) जग्गाको लालपुर्जा बितरणको माग गर्दै ज्ञापनपत्र बुझाईएको छ । तौलिहवा उद्योग बाणिज्य संघको अगुवाईमा जिल्ला प्रशासन कार्यालय मार्फत भुमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा ज्ञापनपत्र बुझाईएको हो । तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले संघको ज्ञापनपत्र सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार पौडेललाई बुझाउनु भएको हो । बुझाईएको ज्ञापनपत्रमा सदरमुकाम तौलिहवा बजार सहितका क्षेत्रमा बालबिटोरी (बजार ब्लक) जग्गा भए पनि हाल सम्म जग्गाधनीले लालपुर्जा नपाउदाँ जग्गाको पुर्ण स्वामित्व लिन नपाएको उल्लेख गरिएको छ । लालपुर्जा नहुदाँ बजारका उद्योगी, व्यवसायी र सर्व साधारण नागरिक जमिनको स्वामित्व बिहीनताको अवस्थामा पुगी व्यवसायीक काम गर्न समस्या पर्दै आएको उल्लेख छ ।
पछिल्लो समय सरकारको निती अनुसारनै जग्गाको नापजाँचको प्रक्रिया पुरा भएको भए पनि लालपुर्जा बितरणको कार्यमा भएको ढिला सुस्तीले जग्गा उपभोग गर्दै आएका सबै जना समस्यामा परेको ज्ञापनपत्र मार्फत जनाईएको छ । संघले समयमै लालपुर्जा बितरण गरिनु पर्ने आफूहरुको माग सम्बोधन नभए संघको अगुवाईमा बिभिन्न आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने ज्ञापनपत्र मार्फत जनाएको छ । बालबिटोरी (बजार ब्लक) जग्गाको लालपुर्जा समयमै नपाउदाँ उद्योगी, व्यवसायी र सर्वसाधारण मर्कामा परेकाले आफुहरुले ज्ञापनपत्र मार्फत आफ्ना माग राखेको र माग पुरा नभए आन्दोलन गर्न बाध्य हुने तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले जानकारी दिनु भयो । ज्ञापनपत्र बुझाउने क्रममा अध्यक्ष कुर्मी सहित संघका महासचिव अर्जुन चापागाई, सचिव अजय कसौधन, सदस्यहरु खजान्ची प्रसाद गुप्ता, रामचन्द्र मौर्य, उदय अग्रहरी लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित : ८ श्रावण २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६