जीवनशैली

डेंगुका विरामी बढेको बढ्यै :स्वास्थ्य कार्यालयहरु बजेट विहिन




बुटवल १६ साउन ।साउन महिना लागेसँगै रुपन्देही लगायत तराईका जिल्लाहरुमा डेंगुका बिरामी बढेका छन् । सरकारी तथा नीजि स्वास्थ्य संस्थाहरुमा डेंगु परीक्षण गराउनेहरुको संख्या पछिल्लो साता ह्वात्तै बढेको छ । गत साताको बुधबारदेखि परीक्षण गराउनेको संख्यामा एक्कासी वृद्धि भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको त्याङ्कले देखाउँछ । लुम्बिनी प्रदेशमा तराईका जिल्लाहरु रुपन्देहीसहित कपिलवस्तु, नवलपरासी, दाङ, बाँके, बर्दिया तथा पहाडी जिल्लाहरुमा समेत डेंगुका बिरामी बढेका छन्।
बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा मात्रै दैनिक ७० जना बढी डेंगु परीक्षणका लागि आउने गरेका छन् । परीक्षण भएका नमूना मध्ये ४५ प्रतिशत अर्थात दैनिक ३० जना बढीमा पोजेटिभ केस भेटिने गरेका छन् । अस्पतालको आकस्मिक कक्षमा दैनिक २५ देखि ३० जना परीक्षण गराउन आएका मध्ये १५÷१६ जनामा पोजेटिभ भेटिने गरेका छन् ।ओपिडीतर्फ दैनिक औसमा ४० जना परीक्षणमा आएका मध्ये १५ जना बढीमा पोजेटिभ भेटिने गरेको परीक्षणमा संलग्न कर्मचारीहरुले तथ्याङ्क उपलब्ध गराएका छन् ।

अस्पतालका सूचना अधिकारी डा. नेत्र थापाका अनुसार दैनिक ३ देखि ४ जना बालबालिकाहरुमा समेत डेंगु पोजेटिभका केस भेटिने गरेका छन् ।अस्पतालको ल्याब शाखाको तथ्याङ्क अनुसार गत असार १ गतेदेखि साउन ५ गतेसम्म ९८६ जनाले परीक्षण गराएका मध्ये १२२ जनामा पोजेटिभ केस भेटिएको थियो । साउन महिनाको पछिल्लो साता भने डेंगु संक्रमितको संख्यामा वृद्धि भएको छ ।

प्रकाशित : १६ श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६